अाकाश कालाे हुँदै,बादल मडारीएकाे छ

  • १८ चैत्र २०७६, मंगलवार १२:२०



अाकाश कालाे हुँदै
बादल मडारीएकाे छ
गिद्दहरु घुम्न थालेका छन
श्याल हुइयां चलेकाे छ ।

देख्दा अाफन्त जस्ता लाग्नेहरु
पराइ बनेका छन।
हातमा अस्त्र बाेकी
शिकारी बनेका छन ।

धर्ती एउटै,अाकाश पनि एउटै
अास्था एउटै छ,अनि सपना एउटै
बाटाे एउटै,विश्राम पनि एउटै छ
तर नियती शिकारी र सिकार भएकाे छ ।

ब्याधाकाे शिकार हराय झैं
सत्ताकाे भाेकमा निर्लिप्त भै
भाला राेपी रहेछन
मुटु छिया छिया हुने गरि
अस्त्र प्रहार गरि रहेछन
सत्ताकाे भाेकाे शिकारी भएका छन ।

अाफ्नै घरमा अागाे लगाइ
खरानी बेची रहेछन
भाइ भाइ जुधाइ पाैरखी बनेका छन
सत्ताकाे भाेकमा निर्लिप्त भै
भाला राेपी रहेछन
हातमा अस्त्र बाेकी शिकारी भएका छन ।

हल्ला एकातिरकाे,छ धन्दा अर्काे तिर
भारी खरानीकाे बाेकी हिडेकाे छ गाउँ तिर
देख्दा अाफन्त, जस्ताे ब्याधा
छिरेकाे छ यता तिर ।
त्यसैले
अाकाश कालाे हुँदै
बादल मडारीएकाे छ।
गिद्द घुम्न थालेका छन
स्याल हुइयां चलेकाे छ ।