अाकाश खुल्दै, बादल फाटेकाे छ

  • २७ आश्विन २०७७, मंगलवार १५:३७

कविता

अाकाश खुल्दै छ
ठुलाे अाधि तुफान पछि
निष्पट्ट कालाे बादल फाटेकाे छ
त्यसैले त व्याधा रित्तै झाेला बेकेर
गुफा छिरेकाे छ ।

षडयन्त्रकाे पट्टाक्षेप भएकाे छ
लाटाकाेसेराहरु, निष्पट्टै छन
कालाे अन्धकार छिचाेलिदै
सुर्यकाे लाली छाएकाे छ
त्यसैले त व्याधा रित्ताे झाेला बाेकेर
गुफा छिरेकाे छ ।

भ्रमहरु हट्दै गएका छन
धर्ति सुनसान छ
हिजाे अस्ति कराउने श्यालहरु,
वस्ती सरेका छन
गिद्दहरु घुम्नै छाडेका छन
त्यसैले त व्याधा रित्ताे झाेला बाेकेर
गुफा छिरेकाे छ ।

सकुनीकाे पासा पल्टीएकाे छ
जालझेल षडयन्त्रकाे, पर्दाफास भएको छ
अरुलाइ बिगारेर बन्न खाेज्नेहरुकाे
कन्तविजाेग भएकाे छ
त्यसैलेत कालाे बादल फाटेर, सुर्यले लाली छाएकाे छ
व्याधा रित्ताे झाेला बाेकेर, गुफा छिरेकाे छ ।

मनहरु जुटेका छन
तनहरु मिलेका छन
अापसि न्यानाे सम्बन्ध पछि
काेरना भाईरस सिथिल भएका छन
त्यसैले त कालाे बादल फाटेर,सुर्यकाे लाली छाएकाे छ
व्याधा रित्तै झाेला बाेकेर, गुफा छिरेकाे छ ।