आजको संकट र मौलाउदै छाडातन्त्र

  • २७ आश्विन २०७७, मंगलवार १४:४५


संसार कोरनाको महाँसंकटमा छ ।हामी पनि प्रभावित भएका छौं ।लामो समय देखि मुलुक बन्दा बन्दीमा छ ।दैनिक ज्यालागरी हातमुख जोर्ने श्रमिक वर्ग यसबाट सबै भन्दा बढि संकटमा परेको छ ।संकट ब्यवस्थापन आफैंमा चुनौती पूर्ण कार्य हो ।एकातिर साधन श्रोतको अभाव छ भने अर्को तर्फ व्यवस्थापनमा केही समश्या पनि देखिएका छन।संकटमा सजिलो हुदैन ।सिमित श्रोत साधनको परिचालन गरी अधिकतम उपलब्धी हासिल गर्नु पर्ने हुन्छ ।संकटको समयमा रोजेको र खोजेको नपाइने हुन्छ ।यस्तो समयमा सबैजना सहयोगी बन्न जरुरी हुन्छ ।सकारात्मक सोचका साथ समश्या समाधानमा लाग्न जरुरी हुन्छ ।

समश्याको समाधान गर्न राज्यका सबै अंगहरु सक्रिय रहेका छन ।जनप्रतिनिधिहरु अहोरात्र खटेका छन ।कोरना महामारी रोक्न राज्यबाट सञ्चालन भएका कार्यहरु क्रमश ब्यवस्थित हुदै छन ।परिक्षण र उपचारलाई प्रभावकारी बनाउदै लगिएको छ ।सन्तुष्ट हुनेबेला छैन ।राज्यसंग जनताले ठुलो भरोसा गरेका छन ।कहिले कहि बस्तविक संकटमा परेको बर्ग राज्यसंग रिसाउछन, आक्रोस पोख्न सक्छन तर राज्य मुकदर्शक बन्न मिल्दैन ।काम गर्दै जादा कमी कमजोरी देखिएमा सच्याउदै अघि बढनु पर्छ ।सवाल जवफ नगरी जिम्मेवार बन्नु पर्छ ।यो आजको आबश्यकता हो ।

महासंकटको यस घडिमा पनि धमिलो पानिमा माछा मार्न पल्केका र लामो समय सम्म सत्ताको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेका महाभ्रष्ट र तिनिहरुको जुठोपुरोमा हुर्के बढेका झोलेहरु हुटिट्याउले अकास थेगे जस्तो गरी कोकोहोलो मच्चाई रहेका छन ।सरकार र राज्यका बिभिन्न अंगमा क्रियाशिल ब्यतिmहरु माथि लाञ्छना लगाउने, अपमान गर्ने, गाली गलौज गर्ने, आरोप लगाउने जस्ता घृणीत कार्य गरिरहेका छन ।सरकारको बिरोध गरी आनन्द त मिल्ला तर आफनो जीवनको बाजी लगाएर संकटको सामना गरीरहेका राज्यका अंगहरु स्वास्थ्य कर्मी, सुरक्षा निकाय र जनप्रतिनिधिको उत्साहा बढनुको सट्टा घटन सकछ ।समयमै सचेत बनौ ।यो राजनिति गर्ने बेला किमर्थ होईन ।यो ७ वा १७ साल होइन, जनता बाठा भईसकेका छन । कसले के बोल्यो सजिलै कुरा बुझ्ने भएका छन ।संकटमा राजनिति गर्न खोज्नेहरुलाई इतिहासले माफि दिदैन ।

यो आरोप लगाएर उम्कने बेला होइन ।बिकल्प सहितको बिरोध र सहभगिता सहितको समर्थन आजको आवश्यकता हो ।सरकारको बिरोध गर्न पाइन्छ तर उचित हुनु पर्छ ।यतिमात्र होइन सरकार फेर बदल समेत गर्न पाईन्छ तर सबै कुरा बिधिमा हुन्छ ।कसैले बाटोमा भेटेर वा फेसबुकमा लेखेर राजिनामा माग्दैमा दिन सकिदैन ।राजिनामा लाई टपरिमा भुत मन्छिने जस्तो विषय बनाउन हुदैन ।बिरोधको नाममा सेतोलाई कालै हो भनेर न्वारन देखिको बल लगाएर बिभिन्न फेक आईडि मार्फत अनर्गल प्रचार गर्नु उचित हुदैन । संकटमा फाईदा उठाउन आफनो पद वा हैसियतको सामान्य हेक्का समेत नराखी वातावरणलाई बिथोल्न खोज्न र खोज्न लगाउनेहरुलाई दण्डीत गरीनु पर्छ ।यदि समयमा नै सचेत नहुने हो भने छाडातन्त्र मौलाउन थाल्छ र लामो संघर्ष र बलिदानबाट प्रप्त भएको लोकतान्त्रीक शासन व्यवस्था समेत संकटमा पर्न सकछ समयमा नै सचेत बनौं र सचेत बनाऔं ।
धन्यवाद