कसिनु पर्छ एकताको डोरी

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:५६

कविता
लामो रस्साकस्सी पछि
डोरीका केही तेन्द्राहरु,
भित्र भित्रै मक्कीएर, चुडिनै लागे जस्ता
गुजुल्टै गुजुल्टामा
असरल्ल डोरीका तेन्द्राहरु
धुजा धुजामा बिभक्त छन,
डोरीका तेन्द्राहरु
कयौं पटक लाछिएको छ, तेन्द्रा तेन्द्रमा बिभाजित हुदै
कयौं प्रहार खेपेर
आज सम्म टिकेको छ
बाजेको अंशभाग खोजेको जस्तो
तथाकथित क्रान्ति र बिद्रोहको नाममा
हुलका हुल मानिसहरु
ठाउठाउमा बिभक्त भएर
ताना तानमा परेको यो डोरी
फेरी सिकिस्त परेको छ
सत्तरी वसन्त पार गरेको
यो डोरी,
चोया, बाबियो र अल्लोको भए
टुक्रटुक्रा हुन्थ्यो होला
तर
विश्वव्यापि शिद्दान्तमा
हजारौ शहिदको रगत र पसिनाको बलमा
लाखौ कार्यकर्ता र नेपाली जनकोे आफ्नै हातले
बाटेकोे यो, आस्थाको डोरी
फेरी सङलीएका छन, गुजुल्टीएका डोराहरु
दुबैतिरको तानातान पछि
चुडिनै लागे जस्ता,
डोरीका तेन्द्राहरु
बिस्तारै जतनले समेटनु पर्छ
कहि कतै अलिक बढि बल परे
चुडिन सक्छ,
न्याय, समानता र अविभेदको अंगालोमा
योग्यता, क्षमता र कार्यकौशलताको आधारमा
कसौं एकताका डोरीहरु,
चुडिनै नसकिने गरी
लाखौं तनमन जाेडिने, आस्थाको बन्धन सरी ।
२०७८।०२।०१