कोरना महामारी र हाम्रो नियती

  • २२ चैत्र २०७६, शनिबार १३:१७

आजको वहस
विश्वमा कोरना महामारी फैलिएको छ । आज दिउसो ४ बजे सम्म विश्वमा ११,३३,३७३ जना मानिस संक्रमित भएका छन भने ६०,३७५ जनाले ज्यान गुमाएका छन । हिजो मात्र ८२,७४५ जना संक्रमित भएका र ५९७२ जनाले ज्यान गुमाएका छन ।आज ४ बजे सम्म नेपालमा समेत ९ जना संक्रमित भएका र १ जना उपचार पछि घर फर्केका छन ।
विश्वसंगै नेपाल सरकार र नेपाली जनता पनि कोरना विरुद्ध एक भएर जुधिरहेका छन ।कोरनाको माहामारीवाट वच्न स्वस्थ्य उपकरण तथा औषधिको व्यवस्था गर्न जरुरी थियो स्वस्थ्य मन्त्रालयले सामग्री खरिदको लागि कोटेशन माग ग¥यो, आसय पत्रहरु दर्ता भए तर समयमा सामग्रि ल्याउन कोही तयार नभएपछि अन्तमा स्वास्थ्य विभागले ओम्नी कम्पनी संग सम्झौता गरी सामान खरीद गर्न अनुमति दियो र पहिलो चरणको सामग्री उपलब्ध भएसंगै विवाद सुरु भएको छ ।स्वास्थ्य मन्त्रालयले सामग्री खरिद गर्न ढिला गरेको, प्रकृया नमिलेको, बजार मुल्य भन्दा महगो र गुणस्तरहिन सामग्री खरिद गरेको जस्ता आरोप लगाई सामाजिक सञ्जालमा वहस शुरु भयो, यसका कारण, प्रभाव र असरका वीचमा रहेर आजको बहस सुरु गर्नु सान्दभिक हुने महसुश गरेको छु ।
(१) बिपद वा महामारीको समयमा नागरीकको जीउ धनको सुरक्षा गर्नु राज्यको सर्वोपरि दायित्व रहन्छ तसर्थ कोरनाको माहामारीवाट वच्न स्वस्थ्य उपकरण तथा औषधिको व्यवस्था गर्न जरुरी थियो। स्वस्थ्य मन्त्रालयले सामग्री खरिदको लागि कोटेशन माग ग¥यो, आसय पत्रहरु दर्ता भए तर समयमा सामग्रि ल्याउन कोही तयार नभए पछि स्वास्थ्य विभागले ओम्नी कम्पनी संग सम्झौता गरी सामान खरीद गर्न अनुमति दियो, उक्त कम्पनीले पनि तोकिएको समय र परिणममा सामग्री उपलब्ध गराउन नसक्ने देखेपछि सरकारले पहिलो चरणको सामग्री उपलब्ध गरेसंगै उक्त कम्पनीसंग भएको सम्झौता रद्ध गरि सकेको छ र अव उप्रान्त न्।त्इ।न् मोडलबाट सामग्री खरिद गर्ने र सो को निकासी गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय समेत गरेको छ ।

(२)हामी यतिबेला ठुलो संकटको सामना गरिरहेका छौ । विश्वमा माहामारी फैलिएको छ । उद्योग धन्दाहरु ठप्प छन । विश्वब्यापी रुपमा स्वास्थ्य उपकरण तथा औषधिहरुको तिब्र माग बढिरहेको छ । नेपालमा पनि आधारभुत स्वास्थ्य उपकरणहरुको अभाव थियो नै ।सुरक्षित स्वास्थ्य उपकरणको अभावमा स्वास्थ्य कर्मीले काम गर्ने वातावरण र रोगको परिक्षण तथा संक्रमण देखिएमा सुरक्षित र प्रभावकारी उपचारको प्रबन्ध मिलाउनु सहज थिएन । संकटको यस घडिमा ढिलै भए पनि स्वास्थ्य सामग्री खरिद भएका छन। स्वास्थ्य कर्मिहरु ज्यानको बाजीलगाएर काममा लागेका छन । रोगको परिक्षण गरी उपचारको प्रबन्ध मिलाईएको छ । हाम्रो श्रोत साधन र काम गर्ने तौर तरिकाहरु मिल्न नसक्दा यदाकदा यस्ता समश्या देखा पर्नु स्वाभाविकै थियो र भयो पनि ।विश्व बजारमा अभाव रहेको स्वास्थ्य सामग्रीको मुल्यको विषयमा बिवाद गर्नु भनेको अमिलो देख्दा ¥याल काढनु सिवाए केहि होइन ।आफुले टेण्डर राखेका र अन्तिम समयमा सरकारलाई बाध्य बनायर चर्को मुल्यमा सामान खरिद गर्ने होडमा रहेका ठेकेदार कम्पनीहरुको रोदन मात्र हो ।यदि सस्तोमा ल्यायर दिन सक्ने भए अझै किनेर ल्याई सरकारलाई बेच्न सबैलाई छुट छ ।
(३) मन्त्रालयले सामग्री खरिद गरी सकेपछि, प्रक्रिया नमिलेको, महगो भएको, गुणस्तरहिन सामग्री खरिद गरेको जस्ता आरोप लगाईएको छ ।स्वभाविक हो भ्रष्टाचार कोही कसैबाट पनि हुनु हुन्न ।भ्रष्टचार जन्यकार्य सामाजिक रुपमा निन्दनिय र कानूनी रुपमा दण्डनिय अपराध हो । जनताको रगत पसिनावाट जम्मा भएको रकमबाट सामाग्री खरिद गर्दा भ्रष्टचार हुनु भनेको किमार्थ क्षम्य हुन सक्दैन । त्यसमा पनि संकटको समयमा यस खालका गतिविधि हुनु भनेको मानवता विपरितको कार्य हो तर यहाँ आरोपमा खोट छ, सामग्री खरिदको निर्णय गर्ने र सामग्री ल्याउनेको भन्दा पनि आरोप लगाउनेको मन कलुसित छ ।सामग्री खरिद प्रक्रिया संचालनमा असहजता पैदा गर्ने, चरम संकटमा पु¥्याउन र वाध्य भएर निणर्यमा पुग्नु पर्ने स्थिति श्रृजना गर्न केहि तत्वहरु लगौटी कसेर लागेको देखिन्छ , विभाग वा मन्त्रालयमा निर्णय हुनु पूर्व नै सामाजिक सञ्चालमा यस प्रकारको वहस प्रारम्भ हुनुले पनि खरिद प्रक्रियालाई विवादको विषय बनाउन केही दलाल तथा कमिसनखोरहरु योजनावद्ध ढंगले लागेको देखिन्छ ।
(४) स्वास्थ्य सामग्री खरिद प्रकरण विवाद सरकारलाई लाञ्छना लगाउने, बेईज्जत गर्ने र केहि गर्न सकेन भनेर कमजोर बनाउने र सत्ता उल्टी गर्ने मनसायवाट धमिलो पानिमा माछामार्ने तत्वहरुबाट श्रृजित विवाद हो ।यहा सरकारलाई रचनात्मक सहयोग गर्नुको सट्टा तथाकथित समश्या श्रृजना गर्न खोजेको देखिन्छ । यो आरोप होइन यथार्य हो । केहि समय पहिला पूर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल वास्कोटालाई पनि सुरक्षण मुद्रण सामग्री खरिद प्रकरणमा सामग्री खरिद प्रक्रियामा कहि कतै सहभागि समेत नरहेको विजय विश्रले बनाएको नक्कली भिडियोको प्रोपोगाण्डा वनाएर राजिनामा गराईयो र आज त्यसैलाई नजिर वनाई सामान समेत खरिद नगरी सकेको अवस्थामा गोकुल वास्कोटाले राजिनामा गरेका थिए भने हाल त सामग्री समेत खरिद गरिसकेकोले सम्वन्धीत व्यक्तिहरुलाई तुरुन्तै हराउन पर्छ भन्ने सुगा रटाई गर्न थालिनुले पनि यो तथ्यलाई प्रमाणित गरि दिएको छ ।
(५) हामिले प्रजातान्त्रिक शासन व्यवस्था रोजेको छौ । ठिकलाई ठिक र वेठिकलाई वेठिक भन्न पाइन्छ । सरकारले गरेको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नु स्वभाविकै हो ।सहभागित सहितको समर्थन र बिकल्प सहितको बिरोध प्रजातन्त्रका शुन्दर पक्षहरु हुन तर यहा रचनात्मक सहयोगको सट्टा सरकारले विहान देखि वेलुक सम्म कहा के कति कमजोरी गरेको छ भनि खोज्ने र दन्त बझान गर्ने संस्कृतिबाट हाम्रो समश्याको समाधान हुदैन । हामी संकटको घडिमा छौ ।सरकारलाई काम गर्ने अवसर र होैसला प्रदान गर्नुु पर्दछ । समयमा झगडा गरी बस्ने अनि आपत परेपछि रोएर समश्याबाट उन्मुक्ति पाईदैन ।संयुक्त राज्य अमेरिकामा राष्टपति र अपोजिशनका वीचमा सहकार्य हुन नसकेको परिणम आज ठुलो संकट पैदा भएको छ ।यसबाट पनि हामीले पाठ सिक्दै अगाडी बढनुको बिकल्प छैन । को ब्यक्ति हटाउने र राख्ने कुराको छिनोफानो गर्न सम्बन्धित संस्थालाई जिम्मा दिनु पर्छ ।
(६) अन्तमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा उत्पन्न विवाद भनेको सरकारलाई कमजोर बनाई वा दुरुपयोग गरी राज्यका श्रोत साधनको दोहन गरी अकुत सम्पती आर्जन गर्न पल्केका दलाल, कालो बजारीया, कमिसनखोर र महाभ्रष्ट लुटेराहरुले खान नपाएको झोकमा प्रकट भएको अभिब्यक्ति मात्र हो ।संकटको समयमा यस प्रकारको विवाद श्रृजना गर्ने र त्यसलाई उद्देलित बनाएर वातावरण बिगार्न खोज्नु पनि अपराध नै हो ।तसर्थ अनर्गल विवाद झिकेर समय बर्बाद बनाउनु भन्दा भ्रष्ट संस्कृतिको उपजको रुपमा रहेको यस विवादलाई राजनैतिक तथा कानूनी रुपमा समाधान खोज्नु सरोकारवाला सबैको दायित्व हुने हुदा आगामी अधिवेशनबाट कमिसन काकून बनाई यस प्रकारका विवादको समुल नष्ट गर्नु सरकार, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा जिम्मेवारी हो ।
धन्यवाद