गुरु पूर्णिमा

  • २७ आश्विन २०७७, मंगलवार १५:२८

आज फेरि घुम्दै फिर्दै
गुरु पूर्णिमा आयो
गुरुहरुको अनि, गुरुआमाहरुको सम्झनामा
केहि भाषण गरायो, दोसल्ला ओढायो
लड्डडु पनि बाँढ्यो
वेद व्यास कालबाट सुरु भएको यो पर्व
घुम्दै फिदै कयौ वर्ष पार गरि
आज फेरि गुरु पूर्णिमा आयो ।

बालकको तोतेवोली सँगै, अक्षर चिनाउने
क, ख, ग अनि १, २, ३ लेखाउने
अबोध शिशुको मस्तिष्कमा
ज्ञानका रसधारा पिलाउने
अध्यारोमा उज्यालो देखाउने
अन्तर, ज्ञानलाई उजागर गराउने
सभ्यता र सँस्कृति सिकाउने
मेरो आदरनिय गुरुहरु, अनि गुरुआमाहरु

न्याय, स्वतन्त्रता र समानताका लागि
निर्धक्क सँग, उभिन सकिने
आफ्नो राष्ट्र, राष्ट्रियता र स्वाभिमानलाई
सगरमाथा झैँ शिरमा उच्च राख्ने
सत्यको निम्ति विष पिउने
महान शहिदहरु जन्माउने
वलभद्र कुँवर, अनि भिमसेन, भक्तिहरु
अरनिको, र भृकुटिहरु, जन्माउने
मेरा आदरनिय गुरु अनि गुरुआमाहरु
लाखौँ लाख अभिनन्दना तिमिलाई
लाखौँ लाख सलाम तिमिलाई

आज जमाना फेरिएको छ
इतिहाँस च्यातिएको छ
राष्ट्रिय अस्मिता लुटिएको छ
सिमानामा बैरिका बुटहरु बज्रिएका छन्
राष्ट्रवादि नेपालिको मन, कुंडिएको छ
तर, एक शब्द बोल्न नसक्ने
कायरहरु जन्मिएका छन्
दिक्षित भएका छन्
सत्ता र शक्तिको निम्ति विदेशिको पाउमा
पुजा गर्ने
नालाएक राष्ट्र घातिहरु पनि जन्मिएका छन्
गफाडि सँस्कृतिको विकास भएको छ
यथार्थ संकटमा परेको छ

तर
संसारको मुहार फेर्न
आदम्य सहास बोकेका
महान योद्धाहरु जन्माउन
निरन्तर चक ड्रस्टर बोकेर
विद्यार्थीको मन मस्तिष्कमा सुटुक्क प्रवेश गर्ने
कालो पाटिमा, पौठा जोरि खेल्दै
जीवन उत्सर्ग गर्ने
मेरा आदरनिय गुरुआमाहरु
धन्य तिमिलाई ।

इतिहास तिमिले नै, कोरेको हो
बाटो पनि तिमिले नै, देखाएको हो
भुगोलको कुना कन्दरा, अनि दर्शनको
दृष्टिकोण तिमिले नै, बनाएको हो
साहित्य सृजना र ज्ञान विज्ञनको खोजि गरी
एक्कासौँ शताब्दीमा
मुलुकको आवश्यकता पुरा गर्न
राष्ट्रवादि र देशभक्तिको भावना भएका
देशभक्तहरु, स्वाभिमानिहरु जन्माउनु पर्छ
मदन, मनमोहन र पुष्पलाल अनि
विश्वेश्वर, कृष्ण र गणेशमानहरु
फेरि जन्माउनु पर्छ

फेरि एक पटक युगलाई परिर्वतन गर्ने
महान योद्धाहरु जबरजस्ती, जन्माउनु पर्छ
तिम्रो चक ड्रस्टर र कालोपाटीको गर्भबाट
इतिहासलाई फेरबदल ल्याउने
सम्बृद्ध देशको ,स्वाभिमानी नागरिक जन्माउन सक्ने
एउटा योद्धा जबरजस्ती जन्माउनु पर्छ
हो गुरुदेव
एउटा योद्धा जबरजस्ती जन्माउनु नै पर्छ ।
धन्यवाद
पुन प्रकाशन
२०७७/०३/२०
गुरु पूर्णिमाकाे अवसरमा