चिन्तै चिन्ता

  • २७ आश्विन २०७७, मंगलवार १३:४४

कविता

यहाँ मलाई मेरै, छ चिन्ता
मेरालाई पनि उनीहरुकै छ चिन्ता,
घर बुढिलाइ भान्छाको चिन्ता
हजुरआमालाई नातिको चिन्ता
गाउँ घरमा गाउकै छ चिन्ता,सहरमा पनि उस्तै चिन्ता

पढेकालाई जागिरको चिन्ता,
जागिरेलाई भन्सारको छ चिन्ता
अभिभावकलाई बिलको छ चिन्ता
बोडिङलाई पैसा नउठेको छ चिन्ता
निजिलाई कमाउनै छ चिन्ता , सरकारीलाई चिन्ता न सिन्ता,

डाक्टरलाई रोगी, नबढेको, छ चिन्ता
बिरामीलाई रोगैको छ ,चिन्ता
भोकालाई यहाँ भोकैको चिन्ता
अघायकालाई भुडी बढेको छ चिन्ता
चिन्ता लिनेलाई छ चिन्तै चिन्ता, यहाँ मलाई चिन्ता न सिन्ता ।

किसानलाई मुल्य नबढेको छ चिन्ता
उपभोक्तालाई मुल्य बृद्धिको छ, चिन्ता
सहकारीलाई ब्याजकै, छ चिन्ता
ऋणीलाई यहाँ किस्तै किस्ताको छ चिन्ता
हुने खानेको यहा ,ठुलैे छ चिन्ता, हुँदाखानेलाई चिन्ता न सिन्ता

माननियहरुलाई आगामी चुनावको छ चिन्ता
गाउँ नगरमा पनि उस्तै चिन्ता
प्रतिपक्षलाई सत्ता गुमेको छ चिन्ता
जनतालाई यहा सम्बृद्धिको छ चिन्ता
साना दलमा संख्याको चिन्ता, ठुला दलमा ब्यवस्थापनको छ चिन्ता

ठुला नेताको ठुलै छ चिन्ता
दोस्रोलाई पहिलो, नभएकै चिन्ता
कनिष्टलाई बरिष्टको, छ चिन्ता
टोले नेतालाई टोलकै छ, चिन्ता
झोले नेतालाई झोलाकै छ, चिन्ता इमान्दारलाई पार्टी बचाउने छ चिन्ता ।

सचिवालयमा बहुमतको, छ चिन्ता
स्थायी कमिटिको, पनि उस्तै चिन्ता
केन्द्रिय कमिटि बैठक, नबसेको चिन्ता
जिल्लाको बैठक नचलेकोे छ चिन्ता
गाउ घरमा कमिटि नबनेको छ चिन्ता
गुट चालकलाई गुटैको छ चिन्ता,कार्यकर्तालाई पार्टी नचलेकोमा छ चिन्ता

प्रधानमन्त्रिलाई यहा देशको छ चिन्ता,
मन्त्रिलाई सत्ता जोगाउने छ, चिन्ता
बिपक्षीलाई सरकार नढलेको चिन्ता
धुम्बाराहिमा सत्ताको छ चिन्ता
सानेपापा तिर प्रतिपक्षको, छ चिन्ता
साना दलको सानै छ चिन्ता, ठुला दलको ठुलै छ चिन्ता ।

आकास तिर, ताराको छ ,चिन्ता
पातलमा जुनकिरीको, चिन्ता,
दक्षिण फर्के भारतको छ, चिन्ता
उत्तर तिर चिनको छ चिन्ता
टाढा हेरे एमसिसि, चिन्ता, नजिक आफ्नैे सिमानाको छ चिन्ता

धन्यवाद
२०७७।३।१२