तत्व विचार

  • २७ आश्विन २०७७, मंगलवार १४:२४

मेरो यो भनिने, अनि म भनिने,जे जे छ, संसारमा
फोस्रो यो सब हो,क्षणभर छ यो, कयै छैन आखिरमा ।
तृष्ण जो यिन चिजमा छ गहिरो,पासो उहि सम्झनु
त्यो पासो छिनाई, शान्ति सुखमा आसा कृपा हो लिनु ।।

तेजिलो हुन सिक
यौटा घाम उदाई भुतल भरि खुट्टा घुमाई लिया
यौटा सागरले तिनै भुवनमा रत्नै फिजाई दिया ।
यौटा काल उठेर प्रणी सबको, सातो उडाई दियो,
तेजस्वी वन, शक्तिवान वन, एक्लो हुदा के भयो ।।

उद्योगी बन
लेखेको जति,भाग्मा छ उतिता, मिल्ने छ पक्का भनि
उद्योग सब छाडीदिने पुरुषको, नासिन्छ भाग्य पनि ।
तोरिमा तिलमा छ तेल, तर त्यो, आफै कहाँ झर्छर
पेल्नै पर्छ, विना प्रयत्न मुखमा आएर के झर्छर ।।

मुर्खलाई रिझाउन सकिदैन
बालुुवामा बरु तेल खुब बलले, पेले कतै आउला
चर्का घाम चुसी चुसी बरु कतै पियास मेटिएला ।
मुसाको सिङ मिल्ला बरु कतै,संसार घुम्ने गरे ,
प्राणै देउ परन्तु मुर्ख कखिल्यै,रिज्दैन कस्तै गरे ।।

मुर्खलाई उपदेश दिएको फल छैन
गोहिको मुखमा परिकन पनि, सक्ला बरु निस्कन
पानी माथि कुदेर सागर तरी, सकला बरु पार हुन।
जिस्काईकन सर्प राख्न सिरमा, सक्ला बरु कोहि जन
सकने छैन परन्तु मुर्ख नरको, मनलाई सम्झाउन ।।

आयु घटाउने तत्व
अल्छी भइ रहादा, पवित्र नहँुदा, आचार छाडी दिदा,
जस्तो अन्न जहा तहा, जतिसुकै बेला मिलोस खाईदा ।
अभ्यास श्रुती, शास्त्रको नगरिदा, चिन्ता र सुर्ता लिदा,
आयु घटदछ, मिल्छ झटपट सखे, संसारबाटै बिदा ।।

उमेर छदै होस गर
चङ्खा चित्त छदैं,ै उमेर रहदै, पैसा छदै हातमा,
ब्याधिले नछुदै, र आयु रहदै, बर्गत छदै गाथमा ।
आफ्नु श्रेय हुने, पछि सुख हुने धन्दा छिनी हाल है
आग्लागि घरमा भपछि कुवा खन्दा हुने छैन है ।।

धन र विद्या प्रप्त गर्ने तरिका
अल्छ्याई नलिनु, उभि नरहनु, निद्रा न धेरै लिनु
कोहि देखि नडराउनु, रिस कतै, कहिल्यै नउठने हुनु।
धन्दा झटपट छिन्नु, फुर्ति नरहनु, जुम्सोपना छाडदिनु
विद्यामा धनमा पुरा हुन पर,े यो बानी हरदम लिनु ।।

गुणरत्नमालाबाट साभार
यि कविताका पंक्तिलाई लयमा बाचन समेत गर्नु होस ।सस्वर बाचन गर्नु भएकोमा खुसी लाग्यो ।परिवारलाई पनि सुनाउनु होस ।तपाईलाई मन परे लाईक कमेन्ट तथा संचितिको लागि शेयर पनि गर्न सक्नु हुनेछ ।
धन्यवाद
२०७७।०२।२४