देशभक्त (लाेक कथा)

  • ८ भाद्र २०७६, आईतवार ०६:५१

एकादेशमा एकजना देशभक्त बस्दथे ।उनले अाफ्नाे देशकाे स्वतन्त्रता, सार्वभाैमिकता,रास्ट्रीयता, लाेकतन्त्र र जनजिविकाकाे लागि ठुलाे सङ्घर्ष गरे तर त्यो देशकाे साशकले उनलाइ देश निकाला गरिदियाे।देश निकाला भएपछि उनकाे समर्थनमा ठुलाे क्रन्ती भयाे । क्रान्तिकाे परिणाम देश स्वतन्त्र भयाे जनता सार्वभौमसत्ता समपन्न भए ।उनी अाफ्नाे देश फर्के ।जनताले देशभक्तकाे ठुलै स्वागत गरे ।घरकाे अटालि अटालिबाट फुलमाला चढाए। दिनरात हुने भिडभाडले उनी दङग परेका थिए ।यसै विच उनले राज्यसत्ता पनि समाले उनलाई दिनरात छुट्टयाउन किठन जस्तै भइसकेकाे थियाे उनकाे अाङले सुर्यकाे प्रकश पाउन छाडिसकेकाे थियाे।उनि अाफ्नाे अभुतपुर्व स्वागतबाट यति दङ्गमादास थिए कि अरु कुनै कुरा साेच्न नै सक्दैन थिए र साेचेनन पनि ।दिनहरु बित्दै गए जनताहरु नयाँ सत्तासङ्ग गाँस,बाँस,कपास,राेजगारि र शान्ति सुरक्षा माग्न थाले तर कुनै चिज प्रप्त हुन सकेन जनता निराश भए र नयाँ राज्यसत्ताकाे बिरुद्ध अान्दाेलन गर्न थाले ।फुलमालाले स्वागत गर्ने तिनै जनताले घरकाे अटालि अटालिबाट ढुङ्गा र इटा बर्साउन थाले ।देशभक्त निरनतरकाे अाक्रमनबाट घायल भइ सडकमा ढले त्यतिकैमा भगवानका दुत अाइ स्वर्गमा लिएर गए ।