नेकपाका अध्यक्ष द्वयलाई खुला पत्र

  • २७ आश्विन २०७७, मंगलवार १४:३७

आदरनिय अध्यक्ष द्वय
क.खडग प्रसाद वली तथा पुष्पकमल दाहाल (प्रचण्ड) ज्यु
नेपाल,कम्युनिष्ट पार्टी (नेकपा
केन्द्रिय कार्यलय धुम्बाराही काठमाण्डाै,नेपाल

आरम छु । आरम चाहान्छु । नेपाल,कम्युनिष्ट पार्टी (नेकपा)का ईमान्दार नेता कार्यकर्ता तथा मतदाता, समथर्क, शुभचिन्तकहरुको भावनाको प्रतिनिधित्व गर्दै सामाजिक संजाल मार्फत यो पत्र संप्रेशण गरेको छु ।

विश्वमा फैलिएको कोरना महामारीको संकटबाट नेपाल पनि प्रभावित रहेको छ ।हाल सम्म नेपालमा ५९ जना संक्रमित भएका छन भने १६ जना उपचार पछि घर फर्केका छन ।स्वास्थ्यकर्मी, सुरक्षा निकाइ र जनप्रतिनिधिको समन्वयमा संकटको व्यवस्थापन गरिएको छ ।लामो समय देखि देश बन्दाबन्दीमा छ ।उद्योग कलकारखाना बन्द रहेका छन ।दैनिक ज्यालागरी गुजारा गर्ने मजदुर, गरिव तथा विपन्न वर्ग बढि प्रभावित भएको छन ।

कोरना कहरको यो महासंकटको सामना गर्ने अभिाभारा नेकपाको काँधमा आएको छ ।नेकपाको नेतृत्वमा बनेका तिनै तहको सरकारको समन्वय गरी प्रभावकारी सेवा सञ्चालन गर्न जरुरी भएको छ ।रोग भोकको यस महाबिपत्तिमा नेकपा र त्यसले नेतृत्व गरेको सरकारसंग जनताले संजिवनी बुटीको अपेक्षा गरिरहेका छन तर यस समयमा नेकपाका अध्यक्ष द्वयका वीचमा उत्पन्न भएको विवाद भुसको आगो झैं माथि देखि तल सम्म फैलिएको छ ।मुल नेतृत्वका वीचमा उत्पन्न विवादको मौका छोपेर एक अर्को नेतृत्वलाई देबत्वकरण र राक्षसीकरण गर्ने कार्यमा पार्टी भित्रको अवसरवादी तत्व लगौटी कसेर लागेको छ । नेतृत्वको चीरहरण गरिएको छ ।पार्टी भित्रैबाट सरकार र त्यसको नेतृत्व गरीरहेका प्रधानमन्त्री बिरुद्ध उखरमौलो मच्चाइएको ।

हामीलाई थाहा छ, एकता प्रक्रियामा दुई परिवार एउटै घरमा एउटै छानामुनी बसेर, एउटै भान्सामा खाना खान हामी सबै तयार भएकै हौं । एकै घरमा बस्दा ठुलो परिवार हुँदा कहिले कहि अप्ठेरो पर्छ । साधन स्रोतको कमी हुन्छ । खाटमा ठाउँ नपुगेर भुइमा सुत्न तयार हुनु पर्छ ।एउटै ओछ्यानमा सुत्दा लात्ती लाग्छ सहनु पर्छ, गास कटाएर बराबरी वाडीचुडी खाएर आफ्नो उद्देष्यमा अघि बढनु पर्छ यो हाम्रो दायित्व हो ।यसको अलावा आज हाम्रा केहि मानकहरु फेरिएका छन ।हामीलाई तत्काल चाहिएको छ भोलि सम्म कुर्ने कुनै धर्यता छैन ।दिने र लिनेमा बाडिएका छौं ।यो वा त्यो समुह बनाउन उध्त छौ ।आफुले पाए सबै ठिक र नपाए सबै बेठिक देख्ने नबिन बिचारको शुत्रपात भएको छ । म हुँदा आकास थेगिने र नहुदा धर्ति भासीने मनोगत दृष्टिकोण वनाई हुटिट्याउले आकाश थेगेको जस्तो सबै काम म बाट मात्र संमव हुने अन्यथा खतम भएको देख्ने अतिवादी सोच हावी भएको छ । परिवारको सदश्यहरुमा यस खालको प्रबृत्ति देखिनुमा कतै न कतै मुलिको समेत हात रहने कुरालाई नकार्न सकिदैन। परिवारको सफलताको पहिलो जस घर मुलिलाई जान्छ त्यसकारण परिवारका सद्श्यलाई समय अनुकुल असल शिक्षा र संस्कार दिनु पदर्छ ।हुनत सानो मुखले ठुलो कुरा गरेको भनेर आरोप लाग्न सक्छ तैपनि सहन तयार छु ।

तपाई अध्यक्ष द्वय विशिष्ट क्षमता भएका ब्यक्तिहरुमा पर्नु हुन्छ ।तपाईहरुकै पहल कदमीमा दुई ठुला कम्युनिष्ट पार्टीको एकिकरण भएको र पार्टी एकताको आवश्यकता र औचित्य प्रमाणित गर्ने दायित्व समेत तपाईहरुकै काँधमा रहेको छ ।पार्टी एकिकरण्को काम सम्पन्न भई नसकेको र नेता तथा कार्यकर्तामा अन्तर घुलन समेत भई नसकेको अवस्थामा मुल नेतृत्वको भुमिका झन गहन रुपमा रहेको हुन्छ ।यदि तपाईहरु यो बस्तुगत सत्यलाई स्वीकार नगरी एकले अर्कोलाई सिध्याउने निषेधको राजनितिक खेलमा लाग्नु भएको हो भने दुबै जनाको अस्तित्व समाप्त हुनेछ ।आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद वलीलाई जुन प्रकारले अपमान गर्ने प्रयास गरिएको छ यदि त्यो सफल भयो भने त्यस पछिको अपमान कमरेड प्रचण्डको हुनेछ ।

तपाईहरुले निणर्य गरेकै दिनबाट तपाईहरुको बिरुद्ध संगठित भएका केहि आन्तरिक तथा बाह्यि तत्वहरु आज मुखरित भएका हुन । पार्टीको एकिकरण पछि जिम्मेवारी बाहिर परेका, बरियता तलमाथि भएका, र सत्ताको पहुच बाहिर परेका नेता कार्यकर्ता यो एकताको बिरुद्ध थिए ।त्यसैगरी बामगठबन्धन, सरकार गठन तथा पार्टी एकताको बिरुद्धमा सक्रिय राष्ट्रिय तथा अन्तराष्ट्रिय तत्वहरु आज मुखरित भएका छन ।तपाईहरुलाई एक अर्कोबाट अलग बनाउन बिभिन्न आभुषणबाट बिभुषित गर्ने प्रपञ्चमा जुटेका छन ।तत्काल तपाईहरुलाई यो प्रिय लाग्न पनि सक्छ तर यस खालका पात्र र प्रबृत्तिबाट बच्न सकिएन भने माकुराले माउ खाए जस्तै दुबै जनाको अस्तित्व सदाको लागि समाप्त हुन सक्छ ।त्यसकारण जुन आवश्यकता र औचित्यका आधारमा पार्टी एकिकरण गरिएको हो त्यसलाई अक्ष्युन्न राख्न समेत तपाईहरुका वीचमा सहमति, सहकार्य र एकता हुन जरुरी छ ।

पार्टी एउट परिवार हो ।पार्टीमा बिभिन्न ईच्छा, आवश्यकता र क्षमता भएका ब्यक्तिहरु संगठित भएका हुन्छन । पार्टीमा जव मुल नेतृत्वका विचका विवाद उत्पन्न हुन्छ तव टठाबाठा र बलियाबाङ्गा आफ्नो स्वार्थ पुरा गर्न टाउको उठाउन थाल्छन आज यो तथ्य उदघाटित भएको छ ।अधिवेशन वा निर्वाचनबाट पराजित भएकाहरु एकाएक पदको बार्गेनिङ गर्न थालेका छन यसले बिधिको खिल्ली उडाएको छ ।बाटोमा जस्ले जे माग्यो त्यहि दिनु पर्ने अवस्था आएको छ यो अराजकताको पराकाष्ट हो ।यसखालका गतिबिधिलाई नियन्त्रण गरी पार्टीमा अनुशासन काएम गर्न समेत तपाईहरुका विचमा सहकार्य हुन जरुरी हुन्छ ।

अध्यक्ष द्वय,
यो झगडा गरेर लोक हसाउने बेला होईन ।पार्टीको सम्पूर्ण शक्ति एकताबद्ध गरी कोरना महामारीबाट देश र जनतालाई जोगाउनु पर्ने बेलामा बेतुकको झगडा श्रृजना गरेर कोकोहोलो मच्चाउनु सभ्य ब्यवहार मानिदैन। सत्ता अस्थायी चिज हो बिधिमा सत्ताको फेरबदल स्वभाविक हुन्छ र मानिन्छ पनि तर आज हामी जुन ढंगले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको हुर्मत लिई रहेका छौ यो क्षम्य विषय होइन ।एकताको खुसि र विवादको पिडा तपाईहरुले प्रायोजन गरेका गुट तथा कोठे बैठकमा होइन आधारभुत तहमा रहेका ईमान्दार नेता, कार्यकर्ता तथा मतदात, समर्थक, शुभचिन्तकको अनुहारमा देख्न सकिन्छ ।

अत हिजो कुन उद्देश्यले पार्टी एकिकरण भएको र आज के कारणले विवाद श्रृजना भएको हो ? यो विषयको जानकार तपाईहरु नै हुनुहुन्छ । अरु त केवल साक्षीमात्र हुन ।पार्टी भित्र एकमना एकता काएम गर्दै योग्यता र क्षमताको आधारमा ईमान्दार नेता कार्यकर्तालाई पार्टी निर्माण तथा सरकार सञ्चालनमा सहभगि गराउदै बर्तमान समश्याको समाधान खोजिनु पर्छ ।साथै राज्यको श्रोत साधनको परिचालन गरी रोग भोकको महासंकटमा रहेका, गरीव, बेरोजगार, नेपालीहरुले सम्मानपूर्ण जीवन जिउने वातावरण बनाउनु पर्छ ।राष्ट्रिय महासंकटको यस घडिमा एकले अर्काेलाई सहयोग गरी एकताबद्ध भएर अघि बढनु आजको सर्वोपरि आवश्यकता हो

अन्तमा,
थुतिन्छ पत्ता जव खातखात,
सिद्विन्छ शोभ अनि फुलबाट।
बाकी अर्को पत्रमा ।
धन्यवाद