नेकपा एमाले विवाद सर्वनासको बाटोतर्फ

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:५७

समसामयिक लेख
नेपालको कम्यनिष्ट आन्दोलनको ईतिहास लगभग ७० वर्ष पुरा भएको छ।उमेरले पौने शताव्दी पार गरेता पनि परिपक्व हुन सकेको छैन । जन्मसंगै शिद्दान्त हिन विवादमा फसेको नेपालको कम्युनिष्ट आन्दोलन उत्तरार्धसम्म आईपुग्दा पनि गुटफुट तथा विभाजनको शिकार भएको छ ।कमा फुलिष्टपमा विवाद झिक्ने,एकले अर्कोलाई सत्तोसराप गर्ने, अपमानित गर्ने बिभिन्न प्रकारका लाञ्छनाहरु (दक्षिणपन्थी, उग्रवामपन्थी, जडशुत्रवादी, विसर्जनवादी, तथा अवसरवादी) लगाई आफु मात्र सच्चा क्रन्तिकारी भएको प्रमाणित गर्न न्वारण देखिको वल प्रयोग गर्ने गरेको र पार्टी फुटएरै भएपनि नेता बन्ने बंशाणुगत रोग बनेको छ ।
नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरु रहेका छन ।यस मध्यको एउटा पार्टी नेकपा एमाले हो ।माक्सवाद लेनिनवादलाई मार्गदर्शक शिद्दान्त मानेको यस पार्टीले जनताको बहुदलिय जनवादलाई पार्टीको शिद्दान्तको रुपमा स्वीकार गरेको छ ।आधारभुत तहका रहेका मध्यम वर्गिय शोसित पिडित जनताको समर्थन र सदभावमा पार्टी संगठित भएको छ ।नेपालको ईतिहासमा पहिलो पटक २०५१ सालको मध्यावदी निर्वाचनको परिणाम स्वरुप तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।त्यसयता पनि माधव नेपाल र झलनाथ खनालले १÷१ पटक सरकारको नेतृत्व गरेका छन भने वर्तमान प्रधानमन्त्री खडगप्रसाद वलीले दुई तिहाई देखि अल्पमत सम्मको सरकारको नेतृत्व गरि सक्नु भएको छ ।
नेकपा एमालेको आफ्नै भोट बैक छ ।गत आम निर्वाचन २०७४ मा नेकपा एमालेले ३०.६८ प्रतिशत मत प्राप्त गरी संघिय संसदमा १२१ सिट जितेर सबै भन्दा ठुलो दल भएको छ ।१ करोड, ५लाख, ८७ हजार ५२१ मत मध्ये प्रत्यक्षतर्फ ३० लाख र समानुपतिकतर्फ ३३ लाख मत प्राप्त गरेको एमालेका लगभग ६ लाख संगठित कार्यकर्ता छन ।पूर्व घोषित कार्यक्रम अनुसारै २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विचमा पार्टी एकता भयोे ।यो एकताले पनि तेस्रो वर्ष गाठ मनाउन पाएन ।आन्तरिक विवादमा ग्रष्त नेकपालाई २०७७ फाल्गुण २३ गतेको सर्वोच्च अदालतको निर्णयले साविकमा पु¥याई दियो ।जन चाहना अनुसार लामो समय पछि संभव भएको कम्युनिष्ट पार्टीको एकता पनि टिक्न सकेन ।नेकपा विवाद नै विवादको विचमा विघटन भयो ।नेकपाको बिघटन पछि विवादको मोहोरी नेकपा एमालेको घरमा चलेको छ ।यो विवाद के हो ? र अन्त्य कसरी हुन्छ यसै विषयमा आधारित भएर यो लेख तयार गरेको छु ।
एउटा जीवन्त पार्टीमा विवाद हुनु सामान्य कुरा हो ।बिभिन्न बिचार समुहहरु बन्नु र आफनो अनुकुल बनाउन खोज्नु पनि स्वाभाबिक नै मान्न सकिन्छ तर अन्त्यहिन कचिङ्गल झिकेर पार्टीलाई विभाजनको मुख सम्म पु¥याउने कार्यलाइ भने क्षम्य मान्न सकिदैन । हाल नेकपा एमालेमा देखिएकोे विवाद शैद्दान्तीक होइन यो देश कस्तो बनाउने र जनतालाई रोग भोकबाट कसरी बचाउने भन्ने पनि होइन यो केबल सत्ता स्वार्थमा आधारित विवाद हो ।राजकिय सत्तामा इतर र भितरका वीचको कचिङ्गल मात्र हो ।लामो समय राजकिय सत्ता उपभोग गरेर हाल छेउ लागेका केहि ब्यक्तिको सत्ता मोहले जन्माएको सर्बनासको बाटो हो ।
कम्युनिष्ट पार्टीको विवादको समाधान महाधिवेशनले गर्छ ।जस्को निति उसैको नेतृत्व स्थापित गरिन्छ ।जित्नेले पार्टी चलाउने र हार्नेले नेतृत्वलाई सहयोग गर्ने सामान्य प्रचलन हो ।तर यहा त्यसो भएन नेकपा एमालेको नबौं महाधिवेशनमा वर्तमान अध्यक्ष र माधव नेपालको वीचमा प्रतिष्पर्धा भयो ।माधव नेपाल पराजित हुनु भयो तर आजको दिन सम्म पनि उक्त हार स्वीकार गर्न सक्नु भएन ।उल्टै थोरै मतले मात्र हारेकोले बराबरी हैसिएत चाहिने भनि रणाको मच्चाउनु भयो ।यो समश्याको जड कुरा हो ।कुरा यतिमा मात्र सिमित छैन एकातिर बिधि, बिधान र पद्धतिका कुरा गर्ने अनि अर्कोतिर आफनै पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत माग्दा अनुपस्थित हुने, आफ्नो पार्टीको उमेदवारलाई मत नदिई विपक्षी गठबन्धनलाई मत दिन लगाउने, फ्लोरक्रस गर्न उक्साउने, पार्टीको निति विपरित समानन्तर गतिविधि सञ्चालन गर्ने कार्य सामान्य संसदिय आचरण विपरितका छन ।कुरा तथ्यमा आधारित हुनु पर्छ ।समश्या एकातिर मात्र होइन अर्कातर्फ पनि छ । प्रजातान्त्रीक शासन ब्यवस्थामा सत्ता सञ्चालनको सामान्य धर्म सहमति, सहकार्य र एकताको भावना अनुसार हुनु पर्ने हो तर यहा यसो पनि भएको छैन ।
एकातिर अन्त्य हिन कचिङ्गलो र अर्को तर्फ बेपरबाह सत्ता सञ्चालनको परिणाम उत्पन्न भएको विवादको छिनोफानो त्यति सुखद देखिदैन ।माधव नेपाल समूहमा रहेका केहि ब्यक्तिहरु एमाले मै बसेर राजनिति गर्ने संभावना देखिरहेका छैन्न ।माधव नेपाल उमेर अवस्थाले पनि केहि लचक देखिएका होलान तर उनको पछि लागेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका बिरुद्ध विष बमन गर्नेहरु पुनः एमालेमा नै बसेर राजनिति गर्ने मुडमा छैनन ।त्यसो भएकै कारणले विवाद समाधान कार्यदलको भुमिका नै कमजोर बन्यो ।माधब नेपाल समुहका दोस्रो तहका ईमान्दार नेताहरु पार्टी भित्रका कमि कमजोरी सच्च्याएर अगाडि बढने मुढमा देखिएता पनि भिम रावल, अष्टलक्ष्मी, बेदुराम, रघुपन्त लगाएतका नेताहरु इमान्दार एकताको पक्षमा छैनन ।मन एकातिर तन अर्कोतिर बनाएका ब्यक्तिहरुबाट अवको एमाले अगाडी बढने संभाबना देखिदैन । ढिलो चाडो नेकपा एमालेको एउटा चोईटो माओवादी केन्द्रसंग पार्टी एकताको नाउमा विलय हुन्छ ।यो सत्य हो ।सर्वनासको जिम्मा यहाहरुकै चरणमा ।
धन्यवाद
२०७८।२।७