नेकपा भित्रकाे गतिरोधको कुरा

  • २७ आश्विन २०७७, मंगलवार १३:३९

तितो सत्य
नेकपाको वर्तमान गतिरोधमा पुर्व नेकपा एमालेका नेताहरुको भुमिका सतहमा तुलनात्मकरुपमा बढि देखिएको छ।कमि कमजोरी होलान,सच्याउँदै अघि बढ्नुको विकल्प छैन । समयमानै सचेत बनौं । अरुलाई दोष दिएर उम्कन कठिन छ ।

हुँदा खाँदाको घरमा अागो लगाउँदा तत्काल खरानी त बेच्न पाइएला तर वर्षादको बेला छ । अाफ्नाे घर जलाएर गुहार माग्नेलाइ छिमेकिले समेत बास नदिन सक्छन ।लालाबालाको बिचल्ली हुनेछ ।बुढेसकालमा बनिबास होला ।घरको धुरीमा बसेर बुचुर बुचुर गर्ने, एकले अर्कोलाई समुह बनाइ नाङ्गैझार बनाएर अाफ्नाे मात्र इज्जत खोज्ने संस्कार छोडौं ।

तपाईंहरु धेरैको हैसिएत इतिहासको कालखण्डमा पटक पटक नापिसकिएकोले सबैलाइ थाहा छ । तपाइँहरु बाहेक हजारौं हजार कार्यकर्ताहरुले पनि यो पार्टीको निर्माणमा रगत पसिना बगाएका छन् । असल र स्वाभिमानि कार्यकर्ताको सम्मान गर्नुहोस ।देश रोग,भोक र बाढिपैरोको महासंकटमा परेको बेलामा तथाकथित विवाद झिक्नुको कुनै अौचित्य छैन।सबै प्रकारका बेमौसमी विवादको अन्त्य गरी अघि बढ्नुको विकल्प छैन ।असल कार्यकर्ता रिसाय भने कुचो बोकेर खेद्लान होस गर्नुहोस ।हामीहरु त काँध मात्र थाप्ने हो नसके राम राम मात्र