नेकपा भित्रको विवाद र वास्तविकता

  • २७ आश्विन २०७७, मंगलवार १३:३५

समसामयिक लेख
नेपका भित्रको विवाद छताछुल्ल भएको छ ।सुरुमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खडगप्रसाद वलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये कुनै एक पद छोडनु पर्ने सर्तमा कार्यकारी अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता झलनाथ खनाल तथा पुर्व बरिष्ठ नेता माधव कुमार नेपाल समुहले चलाएको आन्तरिक विवाद हाल चरम उत्कर्षमा पुगेको छ ।
बिभिन्न शक्ति पिठहरुमा गुटगत भेला भएका छन ।लामो समय देखि नेकपाको बैठकले प्राथमिकता पाएको छ ।बैठक भोली बस्दै, बैठक बस्यो, नेताहरुका वीचमा भनाभन, बैठक स्थगित भयो ।सचिवालयमा वलीको बहुमत, प्रचण्ड नेपाल समुहको बहुमत, स्थायि कमिटिको बैठक बस्दै, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खडगप्रसाद वलीले कुनै एक पद छोडनु पर्ने, दुबै पद छोडनु पर्ने,भारत रिसाएको छ ।एम सि।सि को कारण अमेरिकाले चिन घर्ने भयो यिनै कुरा सुनेर नेपाली नागरिक अक्रन्त भएका छन ।
नेपाली जनता रोग, भोक र बाढि पैरोका कारण आक्रन्त छन ।पार्टी र सरकारको सम्पूर्ण ध्यान जनताको सुख र समृद्धिमा लगाउनु पर्ने बेलामा आफु आफुमा लडाई झगडा गरि रहेका छन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खडगप्रसाद वोलीका कमि कमजोरी होलान सच्चीन जरुरी छ ।कमि कमजोरी कहा र कसरी भएका छन प्रष्ट रुपमा आउनुको सट्टा प्रधानमन्त्रीलाई बिभिन्न आरोप लगाउने,गाली गलौज गर्ने, अपमानित गर्ने जस्ता काममा नेताहरुले समय खर्च गरेको देखिन्छ । नेकपा भित्रको विवाद के हो र यस्को समाधान के हुन सक्छ ।यसै विषयलाई आधार मानेर यो लेख तयार गरेको छु ।

विवादको कारण
तत्कालिन रुपमा नेकपा भित्रको विवादलाइ बुझ्न आन्तरिक तथा बाह्यि पक्ष समेतको अध्ययन गर्नु पर्ने हुन्छ ।आन्तरिक रुपमा हेर्ने हो भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद वलीले पार्टी र संसदिय क्षेत्रमा समेत एकलौटी सत्ताकोे प्रयोग गरेको र फरक गुटका नेताहरुलाई अवसर प्रदान नगरेको भन्ने आरोप लाग्ने गरेको छ ।भने बाह्यि कारण वर्तमान सरकारले भारतले बषौं देखि हस्तक्षप गरेको कालापनी, लिपुलेक र लिम्पीयाधुरा समेतलाई समेटेर नयाँ नक्सा प्रकाशित गर्नुका साथै सबै राजनितिक दलको सहयोग र सर्मथनमा सार्वभौम संसदबाट अनुमोदन समेत गरेबाट छिमेकी मुलुक भारत बिक्षिप्त भएको छ ।त्यसकारण भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ ।

विवाद गर्नुको उद्देश्य र पृष्ठभुमीको तयारी ः
तत्कालिन नेकपा भित्रको विवाद समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद वलीले दुई मध्य कुनै एउटा पद छोडी सत्ता संचालनमा सहभागिता सुश्चित गराउनु पर्ने माग राखि गुट तथा शक्तिपिठको भेला गर्ने, पार्टी अध्यक्ष वा प्रधानमन्त्री खडग प्रसाद वलीको बिरुद्ध घेराबन्दी गर्ने र तत्कालिन सरकारलाई बिघटन गरी आफ्नो समुहमा रहेका नेताहरुलाई राष्ट्रपती, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्य मन्त्री तथा मन्त्री नियुक्ति गर्ने सोचका साथ विवादको आरम्भ गरिएको थियो
विवादको वर्तमान अवस्था र प्रचण्ड नेपाल समुहको अपेक्षाः
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खडग प्रसाद वलीलाई घेराबन्दी गरी कुनै एक पदबाट हटाउन सुरु गरेको विवाद हाल चरम उत्कर्षमा पुगेको छ ।विपक्षीहरुले अब प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खडग प्रसाद वलीले दुबै पदबाट राजिनामा दिई बालकोटमा नजरबन्दमा बस्नु पर्ने, कुनै पनि राजनितिक गतिबिधिमा संलग्न हुन नपाउने गरी वली सत्ताको बहिर्गमण चाहेका छन । यो आन्दोलनमा मोदी सरकार, भारतिय मिडिया तथ भारतबाट संचालित नेपाली नेताहरु समेतको संलग्नता रहेको छ ।अव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खडग प्रसाद वलीले कुनै एउटा पद छोडछु भनेर कुनै सम्झौता नै हुदैन उनीले दुबै पद छोडेर बालकोटमा नजरबन्दमा बस्नु पर्ने प्रस्ताव सहितको एकलौटी निर्णय लेख्नेछन जस अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले प्रचण्ड नेपाल कम्पनीले तयार गरेको निर्णयमा कुनै प्रतिक्रिया नगरी हस्ताक्षर गरी राजनितिक गतिबिधिमाबाट अलग बस्ने छन भन्ने अपेक्ष गरेको देखिन्छ

नेकपा भित्रको विवादका वास्तबिक प्रबृत्ति
नेकपा भित्रका केन्द्रिय तहका नेताहरुको प्रबृत्तिः
नेकपाको केन्द्रमा लामो समय देखि एउटै पात्र र प्रबृतिको बोलवाला रहेको छ ।पार्टीको माथिल्लो पदमा पुगेपछि निरन्तर लाभको पदमा रहनु पर्ने मानसिकता बोकेका, नेताहरुको कारण पार्टी भित्र संकट उत्पन्न भएको हो । सरकारका काम कारबाहीहरु गलत होलान सच्याउनु पर्छ ।उपयुक्त समयमा उपयुक्त गतिबिधि सञ्चालन हुनु पर्छ तर यहा त्यसो भएन प्रतिपक्षले समेत सरकारको बिरुद्ध आन्दोलन नगरेको अवस्थामा सचिवालय, स्थायी कमिटिको नाममा सत्ताधारी दलका लैना र बर्केनाका वीचमा त्यस्मा पनि बेत बसेकाले नेताहरुले तत्कालै खान पाउनु पर्ने आसयका साथ यो विवाद श्रृजना गरेको देखिन्छ यस तथ्यलाइ पार्टीका कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले चितवनमा गएर उदघाटित गरिदिएका छन ।

माधव नेपाल समुहको प्रबृत्तिः
माधव कुमार नेपाल नेकपा एमालेका तत्कालिन महसचिव मदन भण्डारीको मृत्यु पछि २०५० साल देखि निरन्तर १५ वर्ष पार्टी महासचिवको रहेका थिए ।उनले २०६४ को संबिधान सभाको निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्नु परेपछि राजिनामा दिएका थिए ।१० औ महाधिवेसनमा तत्कालिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद वलिसंग पराजित भएका थिए । माधव नेपाल आफु भन्दा बाहेक कसैको अस्तित्व स्वीकार गर्न सक्दैनन ।नेपालको संबिधान २०७२ जारीसंगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र समेतको संयुक्त सरकार बनेको थियो ।उक्त सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के।पि।वलिकोे बिरुद्ध कमरेड माधव नेपालले संसदमा विष बमन गरेकै हुन ।आज पनि युट्युवमा सुरक्षित होला खोजेर हेर्न सकिन्छ त्यसैले माधव नेपाल समुहको सत्ता मोह नै वर्तमान विवादको कारण हो ।

पुष्पकमल दाहाल प्रचण्डको प्रबृत्तिः
प्रश्तुत विवादमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रमुख भुमिका रहेको छ ।प्रचण्ड र सत्ताको सम्बन्ध माछा र पानीको जस्तै छ ।उनी सत्ता बाहिर एक मिनेट पनि बस्न सक्दैनन ।सत्तासंग लुकामारी गर्दै लामो समय युद्ध गरेको अनुभव पनि उनीसंग छ ।उनी ९/९महिना दुई पटक प्रधानमन्त्री समेत भएका छन ।लामो समय देखि अबिछिन्न रुपमा पार्टी प्रमुखको भुमिका निर्वाह गरेका प्रचण्ड हाल दोस्रो बरियतामा रहेका छन यस कारण उनीमा बैचैनि उत्पन्न भएका छन यो पहिलो कारण हो। नेपालको संबिधान २०७२ जारीसंगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र समेतको संयुक्त सरकार बनेको थियो ।उक्त सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के।पि।वलिकोे बिरुद्ध कमरेड प्रचण्डले काग्रेससंग मिलेर आफैंले सर्मथन गरेको सरकारका बिरुद्ध अविश्वास प्रस्ताव राखी सरकार ढालेको इतिहास सुरक्षित छ ।२०७४ को संसदिय चुनावको समयमा उनको पार्टी माओवादी केन्द्र कांग्रेसको गठबन्धन सरकारमा सहभागि थियो तर तत्कालिन नेकपा एमालेको पक्षमा देखिएको जनलहर र के।पि वलीको स्वास्थ्यको बारेमा जानकार प्रचण्ड नेकपा एमालेसंग सहकार्य गर्न राजी भए ।चुनाव सम्पन्न भयो र सरकार बन्यो ।सहमतिको समयमा आधाआधा प्रधानमन्त्री बाडीखाने सहमति छ भन्ने कुरा समेत बाहिर आयो ।तर उनी आफैं उक्त मागबाट पछि हटे यस्को खास कारण यस्तो छ दुबै मृगौला फेल भएका प्रधानमन्त्रीको मृगौला पुन प्रत्यारोपन असफल हुन्छ त्यसपछि पार्टि अध्यक्ष तथा प्रधानमन्त्री आफैं हुन सकिने बलियो संभावना देखेका प्रचण्डले कार्यकारी अध्यक्ष लिने र प्रधानमन्त्रीको पुरै समय खडग वलीले चलाउने कुरामा सहमती गरेका थिए तर त्यो सपना पुरा भएन मृगौला पुन प्रत्यारोपन पछि प्रधानमन्त्री वली झन स्वस्थ हुदै आए यस कारण तत्काल सत्ता प्राप्त नहुने देखेर प्रचण्ड प्रधानमन्त्री तथा पर्टी अध्यक्ष खडग प्रसाद वलिको बिरुद्ध बिभिन्न शक्तिपिठहरु खडा गरी सञ्चालन गरी रहेका छन ।

छिमेकी मुलुक भारतको प्रबृत्ति
भारतले प्रधानमन्त्री वलीलार्ई जसरी पनि हटाउन चाहेको छ ।आफ्नो संबिधान आफैले बनाएर जारी गरेबापत चिढिएर नाकाबन्दी गर्न पुगेको भारत अन्तत के पि ओलीको अडान र नेपाली जनताको साथ र सर्मथनका वीच टिक्न सकेन र पछि हट्यो ।सदियौं वर्ष देखि भारतिय थिचोमिचो र ज्याददिको बिरुद्ध नेपाली जनता संगठित भए अध्यक्ष के पि ओलीको सर्बत्र स्वागत गरीयो त्यसैको आडमा गत आम निर्वाचनमा नेकपालाई झण्डै दुई तिहाई मत प्रप्त भइ सरकार बन्यो ।सरकारले वषौं देखि भारतले हस्तक्षप गरी उपयोग गरेको कालापनी, लिपुलेक र लिम्पीयाधुरा समेतलाई समेटेर नयाँ नक्सा प्रकाशित गर्नुका साथै सबै राजनितिक दलको सहयोग र सर्मथनमा सार्वभौम संसदबाट अनुमोदन समेत गरेबाट छिमेकी मुलुक भारत बिक्षिप्त भएको छ । भारत त्यसको बदला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि ओलीसंग लिन चाहान्छ ।
त्यसको निम्ती उपयुक्त पात्र र प्रबृत्तिको खोजिमा रहेको छ ।
अन्तमा,
तसर्थ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि वलिकोे सत्तारोहणसंगै उत्पन्न विवाद कुनै राजनैतिक वा शैद्दान्तिक होइन यो केवल सत्ता स्वार्थमा केन्द्रित विवाद हो । प्रश्तुत विवाद नितान्त स्वार्थ समूहहरुको अभिष्ठ पुरा गर्ने खेल मात्र हो किनकी यो आन्दोलनले राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता र जनजिविकाको कुरा उठाएको छैन केवल एकलौटी पार्टी अध्यक्ष, राष्ट्रपती, प्रधानमन्त्री, मुख्य मन्त्री तथा मन्त्रीहरुको फेरबदलको मात्र एजेण्डा प्रश्तुत हुनुले यो विवाद आवश्यकता र औचित्य पूर्ण छैन ।त्यतिमात्र होइन प्रधानमन्त्री वा पार्टी अध्यक्ष के पि ओलीलाई सत्ताबाट हटाउन मोदी सरकार, भारतिय मिडिया र तिनिहरुबाट पालित पोषित राष्ट्रघातीहरु संलग्न रहेका छन त्यस्कारण अवको नेकपा भित्रको विवाद प्रचण्ड वा माधब नेपाल वा तिनिहरुको समुहले चाहेर समाधान हुन सक्दैन ।यो बिदेशिको नियन्त्रणमा पुगिसकेको छ ।उनीहरुका लागि यो आन्दोल निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ ।तसर्थ प्रधानमन्त्रीले जनभावनालाई बुझेर कदम अघि बढाउनु मुलुकको हितमा होला ।
धन्यवाद
२०७७/०४/०६