नेकपा विवाद निल्नु न ओकल्नु

  • २७ आश्विन २०७७, मंगलवार ०३:०८

समसामयिक लेख
नेकपाको विवाद महादेवको सतीदेवी प्रेम जस्तो भएको छ ।सुरुमा दुई अध्यक्षका विचमा उत्पन्न भए जस्तो देखिने विवाद हाल कहिलै नटुङ्घीने किचलो,आरोप प्रत्यारोपमा रुपान्तरित हुदै गएको छ । भुसको आगो जस्तै माथिबाट तल सम्म फैलिसकेको छ । कार्यकर्ता पंतिमा छताछुल्ल भएको छ ।देवत्वकरण र दानविकरण्को जुहारी चलेको छ ।फरक फरक दलको जस्तो व्यवहार देखिएको छ ।देख्दा र सुन्दा समेत घिन लाग्ने व्यवहार देखिन थालेका छन ।नेकपा गठनको औचित्य क्रमश संकटतर्फ उन्मुख हुदै बिघटनको नजिक पुगेको छ ।

नेकपाको गठन नेपाली जनताको सदियौंको चहाना र दुई अध्यक्ष वीचको पहलकदमी थियो ।जस्लाई नेपाली जनताले जनमत मार्फत अनुमोदन समेत गरेका छन ।यो विश्वको राजनैतिक इतिहासमा सायद पहिलो घटना पनि हुन सक्छ ।साझा घोषण–पत्र तयार गरी तपाईहरु हामीलाई मत दिनुहोस हामी स्थायित्व र शान्ति दिन्छौ,बिकास र सम्बृद्वि दिन्छौ,न्याय र समानताको ग्यारेन्टी गछौ भनेका थिए, यो कुरा नेपाली जनताले पत्याए ।वर्षौटे सरकारबाट आजित भएका नेपाली जनताले बलियो र स्थायि सरकार बनाउन मत दिए ।माथि देखि तल सम्म नेकपाको नेतृत्वमा सरकार बनेका छन ।अव पालो तपाईहरुको हो जनताको सामु गरेका कबुलहरु पुरा गर्नु पर्छ की पर्दैन ?
पार्टी एकता सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीे वलीले यो जेट प्लेन हाँक्न दुई अध्यक्षको आवश्यकता भएकोले दुई अध्यक्ष राखेका हौं भन्नु हँुदा तालि बजेकै थियो हुन्न भन्ने श्वर कहि कतैबाट आएको थिएन तशर्थ यो अनुमोदित थियो ।जेटको दुई पाइलटको औचित्य पुर्व र पश्चिम फर्केर स्टेरिङ चलाउने भनेको त हैन होलानी ? एउटै गन्तब्यमा सहमति सहकार्य र एकताका साथ अघि बढने भनेकैे हो ।यदि यो सत्य हो भने सकुसल उडिरहेको जेट अवतरण अगावैै आकासमा स्टेरिङ खोस्नु वा पाइलट फेर्न खोस्नु भनेको जेटको दुर्घटना निम्त्याउनु मात्र हो ।जेटको दुर्घटना हुदा जेटमा सवार यात्रुहरु मात्र मर्दैनन पाईलट पनि बाँच्दैनन। यो यथार्थलाई दुई अध्यक्षले बुझन जरुरी छ ।बुई चढेको मान्छे जतिवेला पनि झर्न सक्छ ।
दिदा नखाने राती उठेर कोल चाटने भनेको जस्तो नहोस ।हामीलाई धेरै कुरा थाह छैन ।नेपाली जनता रोग, भोकले आक्रन्त छन, जताततै बाढिपैरो र डुवानको त्रास छ, निर्धक्क बाहिर निस्कने समय छैन कोरना त्रास छ ।सिमानामा बिदेशिको थिचोमिचो बढेको छ ।जनताले सरकारको साथ र कार्यकर्ताको हात खोजेका छन ।यो समयमा अनाबश्यक विवादको बखेडा थापेर गुट भेला गर्नु तथा कहिल्यै नटुङ्घीने बैठकको आयोजना र सञ्चालन गर्नु किमार्थ क्षम्य विषय होईन ।प्रधानमन्त्रीलाई निर्धक्क सरकार चलाउन दिनु पर्छ यो जनअनुमोदित विषय हो ।जहा सम्म पार्टी अध्यक्ष वली बैठकमा आएनन भन्ने कुरा छ यो किन भयो बुझनु जरुरी छ ।

बैठक समश्या समाधानको लागि डाकिन्छ ।बैठकका एजेण्डा सहमतीमा तय हुन्छ र हुनु पनि पर्छ तर यहा त्यसो गरिदैन बैठक बस्नु पुर्व बिभिन्न शक्ति पिठहरुमा अमुक अमुक व्यक्तिको गुटभेल हुन्छ अनि त्यो भेलाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कुनै एक पद छोडनु पर्ने यदि त्यसो नभए बहुमतको आधारमा दुबैपदबाट हटाउने र बिभिन्न व्यक्तिलाइ राष्ट्रपती, प्रधानमन्त्री,मन्त्री र पार्टी अध्यक्ष बनाउने निर्णय सार्वजनिक सञ्जालमा प्रशारण गरिन्छ ।के यो व्यवहार पार्टी एकताको भावनासंग मेल खान्छ? आफनै बिरुद्व तथाकथित बहुमतले गरेको निणर्य मानेर दुबै पद छोडेर राजनैतिक बिश्राम लिन अध्यक्ष वली तयार होलान त ?यो नेताहरुको बच्पना मात्र हो ।

बहुमतको निर्णयको आधारमा प्रधानमन्त्री वलीलाई सत्ताच्युत गर्ने चाहानाले यदि कोही कसैले यो बबण्डर मच्चाएको हो भने यो संभव छैन किनकि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष वलीको अनुपस्थितिमा केहि समय पहिला क.प्रचण्डले बालुवाटारमा आयोजना गरेको भेलाले समेत पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री वलीसंग सल्लाहा र समन्वय गरी आगामी बैठकको मिति तय गर्ने भन्ने निर्णय गरेकोे आधारलाई हेर्ने हो भने पनि क.वलीको अनुपस्थितिमा कुनै निणर्य हुन नसक्ने र भएपनि बैध नहुने तथ्यलाई उदघाटित गरिदिएको छ यस तथ्यलाई नजरअन्दाज गरी तथ्यलाई बङ्गयायर कोही कसैले क वलीलाई हटाएर सत्ता प्राप्त गर्ने चाहना राखेको भएमा त्यो पुरा हुने छैन ।
कमि कमजोरी होलान सच्चीनु र सच्च्याउनु पर्छ ।पाटी विधि र पद्वतीमा चल्नु पर्छ ।बिधि मैले भनेकै हुनु पर्छ फलना फलानालाई फलानु फलानु पद दिनु पर्छ भन्नु कुनै विधि होइन ।कस्लाई कुन पद दिने भन्ने कुरा आवश्यकता र औचित्य पुर्ण हुनु पर्छ । अहिले प्रचारमा ल्यायिएका ब्यक्तिहरु बिभिन्न काल खण्डमा पटक पटक परिक्षण भएका छन ।उनीहरुलाई तथाकथित बिधिको नाममा पुन दोहोरिन वा दोहो¥याउन खोज्नु ईतिहासलाइ नबुधm्नु हो ।पालो सबैको आउछ ।आफ्नो पालोमा नेतृत्व गर्र्नेे र अर्कोले नेतृत्व गर्दा सहयोग गर्नु बिधि हो ।विधि सर्वस्वीकार्य हुनु पर्छ ।बिधि अवसरको रुपमा परिणत हुनु पर्छ ।बिधि जवरजस्तीको व्यवहार होईन ।

तसर्थ जनताले दिएको युगिन जिम्वेवारीलाई बुझेर एक अर्काको विच सहयोग, सद्भाव र एकता काएम गरी अघि बढ्नुको बिकल्प छैन ।एकले अर्कोलाई बुझौं ।समयमा नै सचेत बनौं र वर्तमान गतिरोधको अन्त्य गरौं ।समयमा सचेत भएनौ भने प्रस्तुत विवाद निल्नु न ओकल्नु हुनेछ न पेट भरिन्छ न खाली हुन्छ ।व्यर्थको छटपटी र तनाव ।
धन्यवाद
2077/04/28