नेपालका भ्यागुताहरु

  • २७ आश्विन २०७७, मंगलवार १४:५९

बाल कथा

दोस्रो विश्व युद्वकाे कारण जापानकाे अर्थतन्त्र नराम्रोसंग
प्रभावित भयाे।जापानभर अनिकाल र भाेकमारीले सतायाे ।खानेकुराकाे अभाबमा भ्यागुताकाे खाेजीमा एउटा पानी जहाज नेपालकाे काेशीमा र एउटा जहाज चीनकाे ह्वङहाे नदीमा प्रवेश गरी भ्यागुता जम्मा गरे ।दुबै नदीबाट भ्यागुता जम्मा गरि जहाजहरु जापान तर्फ लागे ।जापानमा खुसीयाली छायाे ।खान पाउने अासमा जहाजकाे भण्डार कक्ष खाेलियाे ।ह्वाङहाेबाट गएकाे जहाज खाली र नेपालकाे जहाज टनाटन रहेछ ।जापनीजहरु अास्चर्यचकित भए ।किन र के कारणले यस्ताे भयाे जापानमा खाेजीकाे बिषय बन्याे।नेपाल तर्फका भ्यागुता खाएर भाेक मेटाइ केही अनुसन्धानकर्ता चीन केही नेपालतर्फ लागे ।लामाे अनुसन्धान भयाे ।चिनका भ्यागुताहरु सहयाेगी रहेकाे हुनाले एकले अर्काेलाई बाहिर निस्कन सहयाेग गरेकाे तर नेपालका भ्यागुताले एक अर्काकाे खुट्टातानी बाहिर जानबाट राेकेकाे प्रतिवेदन सार्वजनिक भयाे ।यसकाे प्रभाब अाज पनि नेपाली समाजमा परेकाे देखिन्छ ।