परीक्षा तिमि जहिलेसुकै आउ

  • ८ भाद्र २०७६, आईतवार ०७:०६

परीक्षा, तिमी मेरो जीवनमा
पटक पटक, गरी कयाँै पटक आयौ
पढ्ने बेलामा तिमी
प्रत्येक कक्षामा आयौ
कक्षा टेष्ट वनेर आयौ
त्रैमासिक वनेर आयौ
अनि, वार्षिक बनेर पनि आयौ
तिमी मेरो ईच्छा बेगर सेमेस्टर बनेर आयौ
अनि तिमी आफु खुसी आयौ ।

तिमी स्कुल जीवनमा मात्र हैन
उच्च शिक्षामा पनि आयौ ।
कयौँ पटक तिम्रो र मेरो भेटघाट भएन
तिमी आएर गईछौ ।
मैले पछि थाहा पाए
अर्काे सालमा भेट भयो ।
तिमीले म सँग फुर्ति देखायौ ।
मैले पनि तिमी सँग घुर्कि लगाए
तर के गर्ने ?
पर ईच्छा थियो
तिमी आफु खुसी आयौ, आफु खुसी गयौ ।

तिमी जागिरमा आयौ
सुरुआती थियो प्रबेशको नाममा आयौ ।
प्रबेश पछि स्थायी र पदोन्नतीको नाममा आयौ
तिमी, मेरो जीवनमा भलिभाति सँग आयौ
तिमि, मेरो गर्भमा आयौ
अनि, गर्भ पछि जन्ममा आयौ ।

कहाँ छाडेकी छौ, तिमीले
को छुटेका छन्. तिमी सँग
किसानहरुमा तिमी अन्न बनेर आयौ ।
शिक्षकसँग तिमी, गुरु बन्न आयौ ।
अनि, राजनितीमा भोट बनेर आयौ ।
समाजमा तिमी सेवा बनेर आयौ ।
म नाथे त को हुँ
संसारमा मै हुँ भन्नेहरु तिम्रो सामुन्ने
लमतन्न परेका छन् ।
कयाँै, थाकी मरिसके
कयाँै संघर्षमा जुधि रहेका छन्
केही थोरै मुस्किलले उम्किएका छन्
सफल पनि भएका छन् ।

तिम्रो र मेरो कयँौ पटक, लुकामारी चल्यो ।
मैले खोजे तिमी आईनौ ।
तिमी आयौ, मैले पाईन ।
तर, मलाई थाहा छ
म एकदिन तिमीलाई पछार्ने छु ।
तिमी फेरी कहिल्यै उम्किन नसक्ने गरी
मेरो अँगालोमा बाँधिने छौ
मेरो उज्ज्वल भविष्यको कामना गर्दै
तिमी मेरो जीवनमा खुसी साथ
मेरो ईच्छा बनेर आउनेछौ ।


हो परीक्षा
तिमी मेरो ईच्छा बनेर आउनेछौ ।
गर्भधारण गरी शुन्दर जीवन दिनेछौ ।
शुन्दर जीवन दिनेछौ । तिमी मलाई खोजेर आउ
म तिमीलाई कुरेर बस्छु
तिमी जुनसुकै अवस्थामा, जहिले सुकै आउ
म तिम्रो प्रतिक्षामा बस्ने छु
तिमी घाम, बन या पानी
बादल बन, या हावाहुरी
तिमी जे बन्न सक्छौ बन
मैले दृढ प्रतिज्ञा गरेको छु
तिमी सिधा आए पनि घुमेर आए पनि
म तिमीसँग मुकाबिला गर्न लाग्ने छु
म तिमीले खडा गरेका,े चुनौतीको सामना गर्न
निरन्तर लागि रहनेछु
किनकी ?
परीक्षा, तिमी मेरो जीवन हौ ।
मेरो जीवन साथी हौ ।
मेरो उज्ज्वल भविष्यको निर्माता हौ ।
अनि मेरो भाग्य विधाता हौ ।
त्यसैले,
तिमी जहिले सुकै जसरी आए पनि आउ
म तिमीलाई कुरेर बस्छु
आउ म तिमीलाई कुरेर बस्छु ।