पार्टी विधि र पद्धतिमा चल्नु पर्छ

  • ८ भाद्र २०७६, आईतवार ०७:११

पार्टी विधि र पद्धतिमा चल्नु पर्छ
अनि, फेरी, पर्र्टी विधि र पद्धतिमा चल्नु पर्छ
हो कमरेड पर्र्टी विधि र पद्धतिमा चल्नु पर्छ
नचले पार्टीमा भुइचालो ल्याउनु पर्छ ।
त्यसैले
पर्र्टी अध्यक्षले मैले भनेको मान्नु पर्छ
मलाई सोधेर मात्र निर्णय लिनु पर्छ
मैले भनेको नमाने
अनि सोधेर निर्णय नलिए
पर्र्टीमा भुइचालो ल्याउनै पर्छ
किनकी पार्टी विधि पद्दतिमा चल्नु पर्दछ ।

अध्यक्ष अगाडी बढे ठिगुंरा कस्नु पर्छ
पछाटी हटे धकेली दिनु पर्छ ।
सकेसम्म बिरोधि हौवा पिटाउनु पर्छ
होटल पसल कब्जा गर्दै उल्टो चक्र घुमाउनु पर्छ ।
किनकी पार्टी पद्दतिमा चल्नुपर्दछ ।
हो कमरेड पार्टी बिधिमा चल्नु पर्छ

जिल्ला जिल्लामा गुट बलियो बनाउनु पर्छ
गाउंका कुना कन्दरामा पनि गुट र उपगुट चलाउनु पर्छ
जुनसुकै नेतृत्वका बिरुद्ध काउन्टर एट्याक गर्न सक्नु पर्छ
आफु वलियो भए चुप लाग्नु पर्छ
कमजोर भए अबिधेसन माग गर्नु पर्छ
सके सम्म निर्णय कुनै, हुनै दिनुृ हून्न
भए पनि उल्ट्याउनु पर्छ
हस्ताक्षर संकलन गर्नु पर्छ
नेतृत्वलाई जहाँको तहि कँुजो बनाएर राख्नु पर्छ
किनकी पार्टी बिधि र पद्दतिमा चल्नु पर्छ

पार्टी भन्दा व्यक्ति ठुलो बनाउनु पर्दछ ।
पार्टीलाई थाहा नै नदिई गुट भेलाबाट व्यक्ति नियुक्ति गर्नु पर्छ
माने ठिकै छ, कमरेड
पछाडी हटे खिल्ली उडाउनु पर्छ
नमाने पार्टीमा भुईचालो ल्याउनु पर्दछ । प्रधानमन्त्री भन्दा मन्त्री शक्तिशाली बनाउनु पर्छ
भनेको नमान्ने संस्कृतिको बिकास गर्नु पर्छ
पार्टी अध्यक्षलाई त कामै नलाग्ने बनाउनु पर्छ
चल्नै नसक्ने बनाउनु पर्छ
चल्न खोजे ठिगुरा कस्नु पर्छ
अयोग्यको पगरी गुथाउनु पर्छ
त्यस पछि मात्र मेरो अनि तिम्रो
पालो आउछ
किनकी पार्टी त पद्धतिमा चल्छ
हो कमरेड पार्टी विधि र पद्धतिमा चल्छ