प्रकृति तिमी

  • २७ आश्विन २०७७, मंगलवार १४:४८

कविता

प्रकृति तिमि,
किन यति बिध्न कठोर, बनेकी छौं,
विश्व मानव जगतलाई कैद बनाएकी छौ ।
कोभिड कोरना रुप धारण गरी,
संसारलाई किन, आतंकित बनाएकी छौ,
तिमि किन यति कठोर बनिरहेकी छौं,
(१)
हो,प्रकृति
यहा कोलाहल मच्चीएको छ,
मानिस ठाउको ठाउ मारिएका छन,
सदियौंको मानविय सभ्यता जगैदेखि कम्पीएको छ ।
तिम्रो श्रृजनामा आज, नर संहार मच्चिाएको छ,
तिमि कहा छौ ?
किन चुपचाप, टुलुटुलु हेरी बसेकी छौ
हो प्रकृति
तिमि, किन यति कठोर बनिरहेकी छौं,
(२)
तिम्रो यो शुन्दर श्रृजनामा,
आज हामी, आफ्नै गोल घरमा कैद भएका छौंं
मानविय संवेदना टुटेका
एकले अर्कोलाई छुुन नमिल्ने अछुत भएका छौं
रोग र शोकमा दुःखेका मनमा मलम लगाउन नसक्ने
कायर भएर भागेका छौं
त्यसैले त हामी शोकाकुल भएका छौं,
त्यसैले त हामी शाकाकुल भएका छाै ।
(३)
हो,प्रकृति
तिमिले यो सृष्टी जोगाउनु पर्छ
टुटेको मन जोडिदिनु पर्छ
त्यसैले तिमि,जहा भएपनि,मानव संसार जोगाउन आउ
कठोर होइन कोमल बनेर आउ
हो प्रकृति
तिमि, कठोर होइन कोमल बनेर आउ, कोमल बनेर आउ,