प्रधानमन्त्रीलाई खुला पत्र

  • २७ आश्विन २०७७, मंगलवार १५:०२

सम्माननिय प्रधानमन्त्री ज्यु
नमस्कार
आरम छु । आरम चाहान्छु । पत्र लेख्नुको आसय तपाँईको नेतृत्वमा सरकार बनेयता मेरो आँखा र सरकारको सम्बन्धको बारेमा थोरै भए पनि सूचना पुगोस भन्ने मनासायले सामाजिक संजाल फेशबुक मार्फत यो पत्र संप्रेशण गरेको छु ।
लामाे समयको ब्यथिति,अन्योल र अस्थिरताको अन्त्यको कामना गर्दै नेपाली जनताले २०७४ को आम चुनाव मार्फत झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्ने अवसर तपाईको काँधमा सुम्पेका छन ।नेपाली जनताले आफ्नो जनादेश मार्फत दिगो शान्ति,शुसासन र अमनचैन खोजेका छन ।शिक्षा र स्वास्थ्य सबैको पहुँचमा होस, देशका युवा युतीले योग्यता र क्षमता अनुसारको रोजगारी आफ्नै देशमा पाउन, बिहान बेलुका निर्धक्कसंग हिडडुल गर्न सकियोस यो सबैको चाहाना हो ।मेचि देखि काली सम्म अनि हिमाल देखि तराइ सम्म बसोबास गर्ने सबै नेपाली नागरिकले यो देश मेरो देश,यो सरकार मेरो सरकार भन्ने वातावरण बनोस भन्ने अपेक्षा गरेका छन ।

प्रधानमन्त्री ज्यू
तपाँईको राजनैतिक जीवनको यो कालखण्डमा युगान्तकारी अवसर प्राप्त भएको छ ।संघ देखि स्थानिय तहसम्म बलिया र शक्तिशाली सरकार बनेका छन। देशी बिदेशी लगानी मैत्री वातावरण बनेको छ । बिकासका संभावनाहरुको पहिचान गरी, प्राकृतिक तथा मानविय श्रोत साधनको उपयोगमा लगनी बृद्वि गरी बिकसित नेपाल बनाउने अवसर जुटेको छ । समय बलवान र शक्तिशाली हुन्छ ।समयले पर्खनेवाला पनि छैन यस प्रति चनाखो हुन जरुरी देखिन्छ ।

अनन्त संभावनाका वीचमा केहि समश्याहरु पनि देखिन थालेका छन ।सरकारको बिरोधमा पार्टीको भित्र र बाहिर जबरजस्त आवाज उठन थालेका छन ।समश्या बिषय केन्द्रित भन्दा पनि आत्मकेन्द्रित रुपमा देखिएका छन ।घरको फोहोरको पोको सडकमा फालेर सरकारले केहि गरेन भनेर चिच्याउनेसंग कुनै सबालजवाफ गर्न जरुरी पनि छैन ।खास गरीकन युगिन थिचोमिचोमा परेका, शोषण दमन र उत्पिडनको चक्रव्युहमा फसेका । गास, बास र कपासको संकटमा रहेका । बेरोजगार, गरीबी, अभाव र असमानतामा बाँचेका तमाम नेपालीहरुले सम्मानपूर्ण जीवन जिउने वातावरण बन्नु पर्छ । धुवाँधुलो रहित स्वच्छ वातावरण, स्वस्थ खानेपानी,निशुल्क र व्यवसायिक शिक्षा र रोजगारीका समान अवसरहरु सबैको पहुँचममा हुन जरुरी छ

राजनिती भनेको बिरोध र समर्थनको खेल हो । समश्याको समाधानमा केन्द्रित भएर गरिएका टिका टिप्पणीलाई स्वस्थकर नै मान्नु पर्छ तर बिरोध समश्या समाधानमा भन्दा पनि उल्झन खडा गर्न बढि केन्द्रित हुन्छ भने बिचार गर्न जरुरी देखिन्छ ।अँध्यारो र उज्यालोका वीचमा तात्वीक अन्तर हुन्छ ।अँध्यारोमा शासन गर्नेहरु उज्यालोमा डराउछन ।इतिहाँस साक्षी छ ।मेरो आँखाले पनि पञ्चायती व्यवस्था देखि उन्नत भनेको बहुदलिय प्रजातान्त्रिक शासन ब्यवस्थाको शासन पनि देखेको छ ।तिनै शासनकालमा देशका सम्पदाहरु कौडिको मुल्यमा बेचिएका थिए ।उद्योग धन्दाहरु लिलामी भएका थिए ।राज्यका सार्वजनिक जग्गा जमिनहरु ब्यक्तिको नियन्त्रणमा पुगेका र शिक्षा स्वास्थ्यमा व्यापारीकरण गरिएको थियो । देशलाई संसारका सामु भिक मग्गा बनाई जनतालाई गरिबी बाँडेर शासन गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान कमजोर बनाउनेहरु, देशलाई दैनिक १६ घण्टासम्म अन्धकारमा बनाएर कमिसन खाने, धमिजा, लाउड काण्ड घटाउने, बालुवाटारको जमिन बेच्नेहरु आज पानी माथिको ओभानु हुन कोसिस गरिरहेका छन । टोले सभाहरु गरेर जनता अलमलाउने कोशिस गरीरहेका छन ।आरोप लाग्नु वर्तमानको नियति जस्तै बनेको छ । सुन काण्ड अनि वाईडवडी र बालुवाटारको जग्गामा पनि पुर्व शासकहरु नै संलग्न देखिएको हुँदा सबै घटनाहरु सबै नेपालीले बुझ्ने गरी सार्वजनिक गरिनु पर्छ ।

अरुलाई दोष लगाएर उम्कने मौका छैन ।इतिहाँसमा सबैको परिक्षण हुन्छ ।ईतिहाँस वर्तमान बनाउने औजार हो । नेपाल बिकास र सम्बृद्विका अनन्त संभाबना बोकेको देश हो ।विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान बुद्वको जन्म स्थल,ढंगमा जलश्रोतको भण्डार,बिबिधतायुक्त भुगोल, बन जंगल र जडिबुटी हाम्रो सम्बृद्विका आधार हुन । बलिदानपूर्ण, लामो संघर्षको मैदानमा खारिएका अनुभवी र पाका हजारौ नेता कार्यकर्ता, लाखौं मतदाता, सर्मथक र शुभचिन्तक अनि तीन करोड नेपाली जनताको साथ, सहयोग र सर्मथनमा यो मुलुकको परिवर्तनको आधार खोजिनु पर्छ ।

यो मुलुकको युगान्तकारी परिवर्तन प्रधानमन्त्री वा कुनै एक जना मन्त्रीको चाहनाले मात्र संभब छैन । पार्टी एकिकरण प्रक्रियालाई आधारभुत तह सम्म पुरयाई सरकारले सञ्चालन गरेका योजनाहरुमा जनसहभागिताको वातावरण वनाउन जरुरी छ ।आफ्नै पार्टीको सरकारका बिरुद्व बिरोध गर्ने सस्तो क्रान्तिकारीताले पार्टी र सरकार दुबैलाई कमजोर बनाउँछ ।पार्टी भित्र देखिएका कमी कमजोरीलाई सच्याउदै सहमती र सहकार्यको संस्कृतिको थालनी गर्न जरुरी छ ।घर भित्रको एकता भएन भने छिमेकिले खेल्न थाल्छ यसबाट सचेत हुन जरुरी छ ।पृथ्वीनारयण शाहको देहबसान पछि राजपरिवारमा देखिएको मनोमालिन्यले राणशासन भित्रियो ।राणपरिवार भित्रको विवादले राणशासन ढल्यो ।आन्तरिक बिबाद र कलहले गर्दा २००७ देखि २०१५ सम्म अस्थिरता भयो । २०१५सालको आम निर्वाचनबाट प्राप्त दुई तिहाई बहुमत २ वर्ष नै टिक्न सकेन ।त्यसै गरी २०४८ र २०५६ मा प्राप्त गरेको सुबिधा जनक बहुमत पनि काग्रेसले टिकाउन सकेन तसर्थ इतिहासबाट सिक्दै समयानुकुल कार्य गर्नाले हामी सबैको कल्याण हुनेछ ।

व्यबस्थाको फेरबदलसंगै अवस्थामा पनि परिवर्तन हुन जरुरी छ ।जनचाहना अनुसारको शासन सञ्चालन हुन सकेन भने जनतामा निरासा पैदा हुन सकछ । आज भ्रष्टाचार एक जटिल सामाजिक समश्याको रुपमा देखा परेको छ । जवसम्म भ्रष्टाचारमुक्त पारदर्शी र जवाफदेही शासन सञ्चालन हुदैन तवसम्म सरकारप्रति जनबिश्वास प्राप्त हुन सकदैन र जनसहभागिता विनाको शासान व्यवस्था टिक्न सक्दैन ।देशको दुर दराजमा बस्ने गरीव जनताले तिरेको करबाट तलबभत्ता खाने तर देशले खोजेको ठाउँमा जान अस्वीकर गर्ने,बल्लतल्ल गएपनि प्रभावकारी सेवा प्रदान नगर्ने, दैनिक कार्य सम्पादनमा ढिला सुस्ती गर्ने, सरकारको आलोचना गरेर दिन बिताउने राष्ट्रसेबक कर्मचारी,कालो बजारियाहरु,दलाल, भ्रष्टाचारी र तस्करहरुको कुनै दल हुदैन। यिनीहरुको बिरुद्व शुन्य सहिष्णुता कायम गरी राज्यको दैनिक शासन प्रशासन सञ्चालन गर्न सकेमा मात्र देशमा दिगो शान्ति हुन्छ ।आजलाई यति नै बाँकी अर्को पत्रमा ।