फेरी मलाई सत्ताको भोक जागेको छ

  • २७ आश्विन २०७७, मंगलवार १३:४८


कविता
मलाई सत्ताको भोक जागेको छ
दिन रात छुट्ट्याउन नसक्ने रोग लागेको छ ।
चुनाव हारेर के भो शक्तिमै रहेको छु,
प्रधानमन्त्री बिना बाँच्नै नसक्ने भएको छु ।

प्रधानमन्त्रीले आजै राजीनामा दिनु पर्छ
राष्ट्रपतीले पनि छोडनु पर्छ
राजिनामा नदिए बहुमतले निर्णय गर्छ ।
खसि भाग लगाए झै बराबरी बाडिनु पर्छ
किनकी, मलाई सत्ताको भोक जागेको छ ।

हिजो चुनावमा झोसिदा,
मेरो आँखा फुलोपरेको छ,
साउनमा आँखा फुटेको गोरुले जस्तै
सत्ताको कुर्चि बाहेक केही नदेख्ने भएको छ ।
किनकी मलाई सत्ताले अन्धो बनाएको छ ।

जीवन मरण थाहा छैन,
अर्काे अधिवेशन सम्म के हुन्छ ?
त्यसैले मलाई हाताहाती ,
एकलौटी अध्यक्ष चाहिएको छ
किनकिन आजकाल मलाई सत्ताको भोक जागेको छ ।

अर्को चुनाव कहिले हुन्छ ?
मर्ने बाँच्ने ठेगान छैन
यहि झगडा काएम रहे चुनाव जित्ने आसै छैन
छिमेकीकै खाना नाना आफ्नो घरमा बासै छैन,
त्यसैले त आज मलाई प्रधानमन्त्री न भै हुन्न ।
धन्यवाद
२०७७/०३/११