बाँदरकाे हातमा राेटी

  • २७ आश्विन २०७७, मंगलवार ०३:१८

कथा
लाेक कथा एउटा सानाे जंगलमा बाँदर, स्याल लगाएतका जनावरहरु बस्दथे। खानेकुराकाे निकै ठुलाे अभाव थियाे । एकदिन बिहान सबेरै उठेर भाले बाँदर जंगलमा सिकार खाेज्न गयाे ।सारा जंगल डुल्याे तर केही फेला पार्न सकेन ।घरका साना लालाबाला भाेकले अाकुल ब्याकुल भइसकेका थिए । केही खानपाउने अाशमा बसेका बिचराहरुकाे अाश मरिसकेकाे थियाे ।तै पनि केही ल्याइपाे हाल्छनकी । अासै अासमा दिन बित्याे,रात बित्याे न भाले बाँदर अायाे न सिकार नै। केही दिनकाे खाेजी पछि भाेक र तिर्खाले लखतरान हुदै घर फर्कदै थियाे ।संयाेगबस एउटा राेटी भेट्याे,उसकाे खुसिकाे सिमा रहेन ।लामाे समय देखि भाेकै रहेका लालाबालाले अलिकति भएपनि खान पाउने भए ।उ घर पुग्याे ,बाल बच्चाहरु खुसी हुदै वरिपरि अाए ।काले,खैरे,च्यान्टे,बिर्खे लगाएत सबैलाई डाक्याे ।यतिकैमा जेठाले पनि थाहा पायाे ।बाबुले राेटी भाच्न लागेकाे देखेर जेठाेले उक्त राेटी अाफुले भाच्न पाउनु पर्ने अडान राख्न थाल्याे ।बाबू छाेराका वीचमा राेटी भाच्ने विषयमा भनाभन भयाे ।बाँदरका घरकाे राेटी भाच्ने झगडा एक कान दुईकान हुदै जंगलभर फिजियाे ।याे कुरा स्यालले पनि थाहा पायाे ।अर्काकाे घर झगडामा अाफ्नाे स्वार्थ पूरा गर्न पल्केकाे छट्टु स्याललाइ राम्रो अवसर प्रप्त भयाे ।यतिकैमा राेटी अाफुले भाचिदिने भनेर स्याल अगाडि बढ्याे ।एक अर्कालाई विश्वास नगर्ने बादरले स्यालकाे कुरामा सहमित जनाए ।छट्टु स्यालले माैकाकाे उपयाेग गर्याे ।बादरका स परिपार राेटीकाे पर्खाइमा थिए ।स्यालले राेटी भाच्याे र तराजुमा राख्याे एकाितर घटि अर्काेतिर बढि भयाे।बढि भएकाे तिरकाे टुक्रा भाचेर खायाे फेरि अर्कोतिर बढि भयाे त्याे पनि भाचेर खायाे।एवम रितले बढि भएतिरकाे भाच्दै खाने क्रममा सबै राेटी सकियाे ।बादरका सन्तान हेरेकाे हेरै भए । एक अर्कलाई बिश्वास नगर्दा लामाे समयमा कठिन मेहनत पछि प्राप्त भएकाे राेटी अाफ्ना भाेका लालाबाललाई खुवाउन नसकेकाेमा उ अत्यन्तै दुखी भयाे ।