बिरालाेले कण्ठी बाधेपछि

  • २७ आश्विन २०७७, मंगलवार १५:४८

जंगलका जनावरहरुकाे सभा बस्याे ।सभामा विभिन्न जनावरहरुले अाअाफ्नाे जातिय उत्थान तथा बिकासका फेहरिस्ता प्रस्तुत गरे ।सभामा मुसाहरु निकै चिन्तीत र हतास देखिन्थे ।मुसाकाे नेताले सभामा अाफ्नाे प्रतिवेदन प्रस्तुत गर्दै भन्याे हामीहरुकाे जात अाज ठुलाे संकटमा छ।बिरालाकाे अाक्रमणबाट हामीहरुका ससाना बच्चा समेत मारिने हुदा हामी ठुलाे संकटमा परेका छाैं अाजकाे यसै सभाबाट बिरालाेलाइ कण्ठी बाध्न लगाउनु पर्छ ।मुसाकाे प्रस्तावलाई सबैले जायज ठाने । एक मतले प्रस्ताव पास भयाे ।बिरालाेकाे घाटीमा कण्ठी झुन्डिएयाे ।मुसाहरु खुसी भय ।सम्मीलनबाट फर्केपछि मुसाहरुकाे बैठक बस्याे र सम्मिलनकाे निर्णयकाे बारेमा जानकारी समेत गराइयाे ।मुुाहरु निक्कै ठुलाे युद्द् जितेका सिपाइ जस्ता देखिन्थे । समय बित्दै गयाे ।बिचरा साेझा मुसाका स साना लालाबालालाइ मारेर खान पल्केकाे बिरालाेले नयाँ जुक्ति साेच्याे ।अब अाइन्दा मुसा मार्दा जहीतही आक्रमण नगरी दिन भर सङसङै खेल्ने तर मुसाहरु दुलाेमा पस्ने बेलामा सबैभन्दा पछाडिकाे मुसालाइ समाइ मारेर खाने साेच बनायाे र त्यही गर्न थाल्याे । दिनहरु बित्दै गए मुसाकाे संख्या बढनुकाेसट्टा घटन थाल्याे ।के कारणले अाफ्नाे संख्या घट्याे उनीहरुले भेउ पाउन सकेनन् । बिचरा मुसाहरु ठुलाे अापतमा परे । प्रत्यक दिन परिवारकाे कुनै न कुनै सद्श्यकाे अनुपस्थिति उनिहरुकाे नियति नै बनिसकेकाे थियाे तर कुनै पत्ताेफाट थिएन मुसाहरुलाइ । वर्ष बित्याे ।महासम्मिलन सुरु भयाे ।सम्मिलनमा मुसाकाे नेताले समुहकाे तर्फबाट निरासाजनक प्रतिवेदन प्रस्तुत गर्‍यो ।प्रतिवेदन पछि ठुलाे खैलाबैला भयाे ।मुसाले उच्चस्तरिय अायाेग गठन गर्नु पर्ने माग राख्याे ।सबैकाे सहमतिमा अायाेग बन्याे ।अायाेगले काम सुरु गर्‍यो ।लामाे अनुसन्धान गर्दा पनि मुसाकाे संख्या घटनुकाे कारण पत्ता लाग्न सकेन ।मुसाहरु झनझन निरास हुँदै गए ।याे कुरा जनावरकाे अध्यक्षलाई पनि थाहा भयाे।अध्यक्षले अायाेगकाे प्रमुखलाई बाेलाएर बिरलाकाे दिशा परिक्षण गर्ने अादेश दिए ।अादेश अनुसार बिरालाेकाे दिशा परिक्षण गरियाे ।बिरालाेकाे दिसामा मुसाकाे मासुकाे अंश भेटियाे ।प्रातिवेदन सार्बजनिक भयाे ।सबै जनावरहरु बिरालाेका बिरुद्ध एकजुट भए ।कण्ठी बादेर मुसाखान पल्केकाे बिरालाेलाइ देश निकाला गरिदिए ।