मर्नु या बांच्नु तिम्रै हातमा छ ।

  • १८ चैत्र २०७६, मंगलवार १२:२५

धेरै वर्ष अघिकाे कुराे हाे ।एउटा गाउमा एक जना त्रिकालदर्शि महात्मा बस्दथे ।अाफ्नाे भविष्यकाे खाेजिमा कुनै मानिस जब महात्माकाे अगाडि उभिन्थ्याे तब महात्मा सबैकुरा बताई दिन्थे। भुत,भविष्य र वर्तमानकाे सबिस्तार सुन्न पाउने कुरा गाउँभरि फैलियाे ।गाउँका मानिसहरु भविष्यकाे खाेजीमा महात्माकाे अाश्रममा धाउन थाले ।दिनहरु बित्दै गए महात्माकाे अाश्रममा मानिसकाे भिड लाग्न थाल्याे ।याे देखेर गाउँका केही उत्पट्यङ युवाहरु महात्माकाे विरुद्धमा षड्यन्त्र गर्न थाले ।
के गरेमा महात्मालाइ बेबकुफ बनाउन सकिन्छ भनी लामाे समयदेखि षड्यन्त्रमा तल्लिन रहेका उत्पट्याङ युवाहरुले एउटा जुक्ति निकाले ।खाेलाकाे किनारमा गयर एउटा फिस्टे चराे समायर अाफ्नाे हत्केलामा लुकाई महात्माकाे नजिक गएर महात्मालाइ साेध्ने मेराे हातमा रहेकाे चराे मरेकाे छ कि जिउदै छ भनी प्रश्न साेध्ने,महात्माले मरेकाे छ भनेमा भुर्र उडई दिने र जीउदै छ भनेमा किचिक्क किची दिने र महात्मालाइ पटमुर्ख बनाउने याेजना बनाए ।याेजना पास भयाे ।याेजना अनुसार फिस्ट्काे खाेजी भयाे ।
बिहानीकाे झिसमिसे उज्यालोसंगै केही युवाहरु महात्मालाइ महामुर्ख बनाउने याेजनाकाे साथमा अाश्रमतिर लागे ।गाउका मानिसहरु अाश्रमकाे वरिपरि टनाटन भरिएका थिए ।उपयुुक्त माैकाकाे खाेजीमा रहेका उत्पट्याङ युबाहरुले महात्मालाइ रयाख रयाखती बनाउन थाले ।त्यतिकैमा एक जना युवाले याेजना अनुसार हातका फिस्टेचराे छाेपेर महात्माकाे छेउका पुगेर सर्त सुनाउन थाल्याे ।यदि महात्माले सहि जबाफ दिन नसकेका २४ घण्टा भित्रमा गाउँ छाडनु पर्ने भयाे ।
महात्माले तत्कालै स्वीकार गरे तर गाउलेहरु डराएका थिए ।
हत्केलामा फिस्टेचराे लुकाएर महात्माकाे छेउमा पुगेकाे उत्पट्ङ युवाले ठुलाे श्वरमा प्रश्न साेध्याे महात्मा मेराे हातमा रहेकाे चराे जीउदाे छ कि मरेकाे छ ? महात्माले सुबिचारी किसिमले जवाफ दिए बाबू त्याे चराे मर्नु या बांच्नु तिम्रो हातमा छ ।जबाफ सुनेर गाउलेहरु दंग भए र उत्पट्याङ युवाहरु लाजले भुतुक्क हुदै घरतिर लागे ।