मुलुकी देवानी संहिता २०७४ का अनुसार सम्बन्ध विच्छेद सम्बन्धि कानूनी व्यवस्था

  • २५ भाद्र २०७७, बिहीबार १४:४४

१.सम्बन्ध विच्छेदके हो ?
सम्बन्ध विच्छेद भन्नाले पति पत्नी वीचको बैवाहिक सम्बन्धको कानूनी रुपमा समाप्ती हुनु हो ।विवाहले पति पत्नीको नाता जोडिन्छ भनेसम्बन्ध विच्छेदले उनीहरुका वीचको दाम्पत्य जीवन समाप्त गर्दछ ।मुलुकी देवानी संहिता २०७४ को भाग ३ को परिच्छेद ३ को दफा ९३ देखि १०४ सम्म सम्बन्ध विच्छेद सम्बन्धि व्यवस्था गरिएको छ ।
२.सहमतीमा सम्बन्ध विच्छेदः
पति पत्नी दुबैले चाहेमा जहिलेसुकै पनि पति पत्निको सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । (दफा ९३)
३. पतिले पत्निको मञ्जुरी नभए पनि देहाएका कुनै अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरीएको छ । (दफा ९४)
(क)कानून बमोजिम अंश लिई वा मानो छुट्ट्ईि पति पत्नी भिन्न बसेको अवस्था बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तिन वर्ष वा सो भन्दा बढि समयदेखि अलग बसेमा,
(ख)पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा ।
(ग)पत्नीले पतिको अङ्कभङ्क हुने वा अरु कुनै ठुलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ)पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा ।
४. पत्निले पतिकोे मञ्जुरी नभए पनि देहाएका कुनै अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरीएको छ । (दफा ९५)
(क)कानून बमोजिम अंश लिई वा मानो छुट्ट्ईि पति पत्नी भिन्न बसेको अवस्था बाहेक पतीले पत्नीको मञ्जुरी नलिई लगातार तिन वर्ष वा सो भन्दा बढि समयदेखि अलग बसेमा,
(ख)पतीले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा ।
(ग)पतीले पत्नीको अङ्कभङ्क हुने वा अरु कुनै ठुलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ)पतिले अर्काे विवाह गरेमा ।
(ङ)पतीले अन्य महिलासंग यौन सम्बन्ध राखेको ठहरेमा ।
(च)पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा
५.सम्बन्ध विच्छेद गर्न चाहाने पती वा पत्नीले सम्बन्धित जिल्लला अदालतमा निवेदन दिनु पर्नेछ ।
(दफा ९६)
६. सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुबै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ । (दफा ९७).
७.सम्झाउदा बुझाउदा पनि पति पत्नी वीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नु भन्दा सम्बन्ध विच्छेद हुनु उपयुक्त देखेमा अदालतले एक वर्ष पछि निजहरुको सम्बन्ध विच्छेद गराई दिनु पर्नेछ । (दफा ९८).
८.सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा वा खर्च भराइ दिन सक्ने ः(दफा ९९)
(क) पतिको कारणबाट पति पत्नी विच सम्बन्ध विच्देद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पती पत्नी विच अंशबण्डा गर्न लगाउनु पर्नेछ ।तर पत्नीको कारणले सम्बन्ध बिच्छेद हुनु पर्ने अवस्था आएमा पत्नीलाई अंश वा खर्च भराउन पती बध्य हुने छैन । दफा ९९(१,६)
(ख) सगोलको सम्पती पति पत्नी दुबैको नाममा वा पति पत्नी मध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरु वीच कानून बमोजिम त्यस्तो सम्पतिको अंशबण्डा गर्नु पर्नेछ । दफा ९९(३)
(ग) अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी विच समबन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पति र आएस्थाको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिन सक्नेछ । तर त्यसरी अंशबण्डा नहुदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंंश पाउने छैन । दफा ९९(५)
(घ) एकमुष्ट रकम वा खर्च भराई दिन सक्नेः सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसंग एकमुष्ट रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिको सम्पति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुस्ट रकम दिलाई दिन वा बार्षिक वा मासिक रुपमा रकम वा खर्च भराई दिन सकनेछ ।तर त्यसती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन । (दफा १००)
(ङ) खाने लगाउने खर्च भराई दिन सक्नेः अंशबण्डा गर्नु पर्दा कुनै सम्पती नभई पतीबाट अंश नपाएकी पत्नीले पतिबाट खान लगाउन खर्च भराउन चाहेमा पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भराई दिन सक्नेछ ।तर (१) त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन ।(२)पतीको भन्दा पत्नीको आम्दानी बढि भएमा त्यस्तो खर्च दिनु पर्ने छैन । (दफा १०१)
९. सहमती बमोजिम हुनेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि पति पत्नी वीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी वीच कुनै लिखित सहमती भएकोमा सोही बमोजिम हुनेछ । (दफा १०२)
तर नाबालकाको हित बिपरित हुनेगरी कुनै सहमती गर्न सकिने छैन ।
१०. अघिल्लोे पती वा सन्तानले सम्पती पाउने ःसम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पती निजको छोरा छोरी भए त्यस्ता छोरा छोरीले र छोरा छोरी नभएमा पूर्ब पतिबाट पाएको सम्पती त्यस्ता पतिले र अन्य सम्पती माईतिपट्टिका हकवालाले पाउनेछन् ।(दफा १०३)
११.हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहिबाट मर्का पर्ने ब्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तिन महिना भित्र नालिस गर्न सक्नेछ । –दफा १०४)
यो सामग्री मुलुकी देवानी संहिता २०७४ बाट लिइएको हो ।
समाप्त