लोकसेवा आयोगको अन्तरवार्ता

  • २७ आश्विन २०७७, मंगलवार १४:१६

जोक्स (हल्का रमाइलो)

राम र हरीले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरे ।दुबैजना अन्तरवार्ता दिन गए ।रामको पालो पहिला आयो ।परीक्षकले रामलाई यस प्रकारका २ वटा प्रश्न सोधे ।
प्रश्न नं १ नेपालमा प्रजजातन्त्रको उदय कहिले भएको थियो ?
रामले जवाफ दिए उथलपुथल १९९८ मा भयो तर २००७ तर सालमा बिस्फोटन भयो ।
प्रश्न नं २ मंगल ग्रहमा बस्ती छ भन्छन के यो सत्य हो ?
जवाफःभन्न त सबैले त्यसै भन्छन तर प्रमाणित भएको छैन ।

राम बाहिर निस्के हरिले रामलाई प्रश्नको उत्तर भन्न अनुरोध गरे ।रामले दबै प्रश्नको उत्तर फटाफट भने प्रश्न नं १ उथलपुथल १९९८ मा भयो तर २००७ सालमा बिस्फोट भयो र प्रश्न नं २ भन्न त सबैले त्यसै भन्छन तर प्रमाणित भएको छैन ।

भित्रबाट हरिलाई वोलावट भयो ।दुबै प्रश्नको उत्तर हरिलाई थाहा भई सकेको थियो ।उनी भित्र गए ।परीक्षकले हरिलाई पनि दुईवटा प्रश्न सोधे
प्रश्न नं १ तपाइको जन्म कहिले भएको थियो ?
हरिले जवाफ दिए उथलपुथल १९९८ मा भयो तर २००७ सालमा बिस्फोट भयो ।
प्रश्न नं २ तपाइ पागल त हुनु भएन ?
जवाफः भन्न त सबैले त्यसै भन्छन तर प्रमाणित भएको छैन

धन्यवाद
२०७७/०३/८