शुन्दरता की स्वतन्त्रता

  • २७ आश्विन २०७७, मंगलवार १४:१९


जंगलमा धेरै जातका चराहरु खुसी हुदै उडिरहेका थिए ।तर काग दुखि थियो ।उसले सोच्यो न मेरो आवाज मिठो छ न मेरा पखेटा नै शुन्दर छन । यस्तो कुरुप जिन्दगी के बाँच्नु ,उ मनमनै सोच्न थाल्यो र दुखी हुदै गयो ।

दिनहरु बित्दै गए, एक दिन बकुल्लासंग उसको भेट भयो ।भेट हुने बितिक्कै कागले बकुल्लाकाे सोता पखेटाको र सुन्दरताको बयान ग¥यो ।आफ्नो पखेटा कालो न कालो घिन लाग्दो भएकोले दुखी भएको सुनायो । कागको कुरा सुनेर बकुल्लाले आफु भन्दा सुगा हजारौ गुणा शुन्दर भएको बतायो

बकुल्लाको कुरा सुने पछि काग सुगालाई खोज्न जंगलतिर गयो ।सुगालाई भेटेपछि कागले उसको सुन्दरताको मन खोलेर प्रसंशा गर्यो ।कागको कुरा सुनेर सुगाले भन्यो, म के शुन्दर छु र म भन्दा मयुर लाखौं गुणा शुन्दर छ ।

सुगको कुरा सुनेपछि काग मयुरलाई खोज्न जंगलतिर गयो, तर भेटन सकेन ।धेरैसंग सोधपुछ ग¥यो ।लामो सोधपुछको क्रममा उसले मयुर चिडियाखानामा रहेको थहा पायो । उ सिधै चिडियाखाना पुग्यो त्याहाको एउटा ठुलो पिजडामा मयुर थुनियको र मानिसहरु मयुरलाई हेरेर रमाइरहेका देख्यो ।
कागले मयुरलाई भेट्ने बितिक्कै सुन्दरताको प्रशंसागर्दै वधाइ दियो तर , कागले दिएको बधाई सुनेपछि मयूर डाको छोडेर रुन थाल्यो । केहि वेर पछि आँसु पुछ्दै उसले भन्यो हेर मित्र काग सुन्दर नभएकोमा तिमि दुखी नबन, खुसी बन किनकि तिमि सुन्दर थियौ भने अहिले म जस्तै यो फलामे पिँजडामा कैद हुने थियौ र तिम्रो स्वतन्त्रता हरण हुने थियो ।मयुरको कुरा सुनेपछि कागको होस आयो र आफ्नो घर फर्कियो ।

आज संसारमा कैयन मानिसहरु सुन्दरताको खोजिमा भौतारीदै जीवन व्यतित गरिरहेका छन ।यो सब निरर्थक प्रयासमात्र हो किनकी यो संसारमा तपाई अतुलनिय हुनुहुन्छ ।आफुभित्रको शुन्दरतालाई ख्याल नगरी अरुसंग तुलना गरेर चिन्तित हुनु आफुले आफुलाई चिन्न नसक्नु मात्र हो ।शुन्दरताको परिक्षण छालामा हैन ब्यबहारको कसिमा खोजिनु पर्छक । आवरणको शुन्दरताले जीवनलाई पराधिन बनाउछ ।

धन्यवाद
२०७७/०२/२७