संकटमा सत्ताको खोजी

  • १८ चैत्र २०७६, मंगलवार १२:१७



आज विश्वमा
कोरना राज चलेको छ,
लास माथि लासको खात लागेको छ ।
महाशक्तिहरु नागमणी हराय झैं
थरथरी कापि रहेछन
त्यसैले मान्छेसंग मान्छे डरायर, मानवता संकटमा परेको छ ।

हो आज,
मेरो देश पनि संक्रमित छ,
डर र करमा लुकेर बसेको छ ।
संकटको बेला नागरिकले सरकार खोजेको छ,
शान्ति र सुरक्षा रोजेको छ ।
त्यसैले त आज देश लकडाउनमा रहेको छ ।

मानिसको भिडभाड रोकिएको छ,
स्कुल कलेज बन्दै छ।
परीक्षा पनि स्थगित गरिएको छ,
नागरिकको सुरक्षलाई ध्यान दिएर
आज देश लकडाउनमा छ ।
त्यसैले त सरकार जनताको वीचमा आएको छ ।
सरकार खटेको छ ,
साधन श्रोतको परिचालन र ब्यवस्थापन गरेको छ ,
तर सहयोगको सट्टा बिरोध गरिएको छ ।
अन्धकारमा षडयन्त्रको खेती गर्ने,
महाभ्रष्ट, लुटेरा समुहको एकाध दादागिरी चलेको छ
त्यसैले असल नागरीक एक भएर जुटनु परेको छ ।

त्यसैले त आज उ
सरकारको स्थायि बिरोधी बनेको छ,
स्कुल बन्द भयो, किन गरीस भन्छ ,
परीक्षा स्थगित भयो
आकास खस्यो भन्छ,
लकडाउन ग¥यो,
नागरिकलाई आतंकित बनाएको भन्छ
त्यसैले त उ सरकारको सकस बनेको छ ।

उ सधै सरकारसंग, बेतुक झगडा मात्र गर्छ ।
सामान नकिने किनेन भन्छ,
किने बिधि मिलेन भन्छ,
छिटो किने आंशका गर्छ,
ढिलो किने,पहिला किन नकिनेको भन्छ ,
महंगो भयो भनेर फेसबुक वालमा लेख्छ,
त्यसैले त यसलाई मसानघाटमा पु¥याउन नागरिक एक हुनु पर्छ ।

यहा चिन्ता बिधिको हैन, ब्यापारको हो,
आफुले ठेक्का नपाएको झोक अनेक हो,
छानी छानी आरोप लगाउछ,
भिडियो टेप बनाउछ
अनि राजिनामा माग गर्दै अलाप बिलाप गर्छ
त्यसैले त यस द्रब्य पिचासलाई, चौबाटोमा भाष्नु परेको छ ।

कुकुर यहा भुकदै गर्छ, लम्की हात्ती हिडछ,
सरकार हाम्रो अभिभावक हो,निस्वार्थ सेवा दिन्छ ।
पारदर्शिता, बिधिको शासन मानक हुनु पर्छ,
त्यसैले त जनप्रिय सरकार बन्नु पर्छ । त्यसैले त जनप्रिय सरकार बन्नु पर्छ

हिसाव किताव यहि हुन्छ, पर्खि बस्नु पर्छ,
जनता नै चित्रगुप्त कस्ले के पो गर्छ ।
देश परेछ संकटमा, उसको चिन्ता कता,
जति गााठो पारे पनि खोजेकै हो सत्ता
त्यसैले त सबै मिलि हान्नु पर्छ जुत्ता । त्यसैले त सबै मिलि हान्नु पर्छ जुत्ता

कुन दुलोमा बसेको छ, के हो नाम थर ?
पहिचान यस्को गर्नु पर्छ, कता होला घर ।
किन नियत बिगारेको आउछ भोली पालो,
पालो बिना उफ्रि बसे हातमा तातो आलु, पालो बिना उफ्रि बसे हातमा तातो आलु ।

काम यहा एकातिर, कुरो अर्कै तिर,
मान्छे बुढो हुदै जादा खोज्दो रैछ भिर ।
आफ्नै घरका लालाबाला पारि थिलथिलो,
सत्तै खोज्न लाग्या भए, हुन्न तिम्रो भलो, सत्तै खोज्न लाग्या भए, हुन्न तिम्रो भलो ।