संस्कार सहितको राजनीति आजको आवश्यकता

  • २७ आश्विन २०७७, मंगलवार १४:४३

लेख

अस्थिरता नेपाली राजनितिको नियति बनेको छ । नेपालको राजनिति २००७ साल देखि नै अस्थिरतातर्फ उन्मुख हुदै आएको छ ।सरकार गठन र बिघटनको चक्र निरन्तर चलिरहेको देखिन्छ ।सरकार गठन भएकै दिनबाट प्रधानमन्त्रीको ध्यान सरकार जोगाउनेतिर र बिपक्षीको ध्यान सरकारको बिघटन गर्ने तर्फ केन्द्रित रहने गरेको पाईन्छ ।राजनिति भनेको गठन र बिघटनको खेल हो जसरी परिभाषित भएको छ । कमजोर जगमा सरकार बन्ने र बेला कुबेल ढल्ने गर्नाले योजनाबद्व बिकास हुन सकेको छैन ।नेपालमा दलिय, दिर्लिय, राजतन्त्रात्मक, प्रजातान्त्रिक देखि गणतन्त्रात्मक समेत सबैखाले सत्ताको अभ्यास गरि सकिएकोे छ ।राज्य सत्ताको प्रयोग जनताको शुख, शान्ति र सम्बृद्विको निम्ती प्रयोग हुन सकेको छैन । श्रोत साधन यर्पाप्त भएर पनि आज नेपाल विश्वका गरिव मुलुकको सुचिमा सुचिकृत हुन पुगेको छ


लामो समयको अस्थिरताको अन्त्य गरी नेपालमा स्थायित्व, शान्ति, शुसाशन र दिगो बिकासका गरी सुखि नेपाली सम्बृद्व नेपालको पकिल्पना सहित नेकपा एमाले र माओवादी केन्द्रको वीचमा चुनावी गठबन्धन भयो ।साझा घोषणा पत्र तयार गरी निर्वाचनमा भाग लिए । नेताहरुले अघि सारेको साझा कार्यक्रमलाई मतदाताले आफ्नो मतद्वारा अनुमोदन समेत गरि दिए ।लामो समयको अन्योल, अस्थिरता र अराजकताको अन्त्य भै देशमा दिगो विकास हुने आशमा नेपाली जनताले बाम गठबन्धनका उमेदवारलाई रोजेका थिए ।गठबन्धनले झण्डै दुई तिहाई नजिकको मत प्राप्त ग¥यो। ।संघ देखि स्थानिय तह सम्म सरकार गठन भै सञ्चालन भयो ।दुबै पार्टी एकिकरण भई ने.क.पा (नेकपा) बनेको र केन्द्रदेखि स्थानिय तह सम्मका कमिटिहरु गठन भई क्रियाशिल भएका छन । अव लामो समयको अस्थिरताको अन्त्य भई नेपालमा स्थायित्व, शान्ति, शुसाशन र दिगो बिकास हुने कुरामा नेपाली जनता ढुक्क थिए ।

तर आज नियति दोहोरिएको छ ।नहुने कुरा हुन लागेको जस्तो बुझिएकोे छ ।जेट बिमानका चालक नेकपाका आदरनिय अध्यक्ष द्वय कमरेड खडग प्रसाद ओलि र पुष्पकमल दाहाल (प्रचण्ड) का वीचमा सहमति, सहकार्य र एकताको भावना टुटेको जस्तो आभास मिलेको छ ।नेतृत्वमा देखिएको असहमतिको प्रभाव माथि देखि तल सम्म परेको छ ।नेता कार्यकर्तामा दन्त बझान सुरुभएको छ ।एकाएक ध्रु्रुुवीकरणतर्फ उन्मुख भएका छन ।फेसबुकमा फरकफरक स्टाटसहरु लेखिएका छन ।एकले अर्कोलाई आदर सत्कार नगरी अनर्गल गालिगलौज र अपमान गर्न लागि परेका छन ।नेताहरुमा देखिएको लडाईमा कार्यकर्ता निरास भएका छन ।

हामीले इतिहासबाट सिक्न जरुरी हुन्छ ।२००७ सालमा नेपाली काग्रेसको नेत्रृत्वमा आन्दोलन भयो ।आन्दोलनले १०४ वर्षे जहानिय रणाशासनको अन्त्य भयो र नेपालमा बहुदलिय प्रजातान्त्रीक शासन ब्यवस्थाको स्थापन भयो ।प्रजातान्त्रीक सरकार बन्यो तर टिक्न सकेन ।पटक पटक सरकार फेरबदल भए ।२०१५ सालमा आम निर्वाचन भयो नेपाली काग्रेसले दुई तिहाई बहुमत प्राप्त ग¥यो तर उक्त जननिर्वाचित सरकारलाई तत्कालिन राजा महेन्द्रले बिभिन्न आरोप लगाई २०१७ साल पुष १ गते अपधष्त गरी दिए ।२००७ साल देखि २०१७ साल सम्मका १० वर्षमा ९ पटक सरकार फेरबदल भयो र ८ जना प्रधानमन्त्री बने २०१७ साल देखि २०४६ साल सम्मका ३० वर्षमा निर्दलिय पञ्चायति ब्यवस्थाले राज ग¥यो र यस अवधिमा १३ पटक सरकार फेरबदल भयो र ६ जना प्रधानमन्त्री बनेका थिए ।

२०४६ सालमा बाममोर्चा र नेपाली कांङग्रेसको आयोजनामा संयुक्त जनआन्दोलन भयो । ३० वर्ष लामो निर्दलिय पञ्चायति ब्यवस्थाको अन्त्य भई नेपालमा बहुदलिय प्रजातन्त्रिक शासन ब्यवस्थाको स्थापना भयो ।२०४७ साल देखि २०६२ साल सम्मको अबधिमा नेपालमा प्रजातान्त्रीक शासन ब्यवस्थाको अभ्यास भयो ।२०४८ सालमा भएको आम निर्वाचनमा नेपाली काग्रेसले बहुमत पायो तर २०५० मा बिघटन भै मध्याबधी निर्वाचन भयो ।मध्यावधि निर्वाचनको परिणम स्वरुप नेकपा एमाले ठुलो पार्टी बन्यो एमालेले अल्पमतको सरकार बनायो, यो सरकारको बिरुद्द अबिश्वासको प्रश्ताव राखी सरकार हटाइयो ।२०५६ मा निर्वचन भयो नेपाली काग्रसले बहुमत प्रप्त ग¥यो र सरकार बन्यो तिन वर्षमा तिनवटा सरकार बने तर टिकेन ।

२०६२÷२०६३ सालमा सात दल र माओबादीको आयोजनामा संयुक्त जनआन्दोलन भयो र लोकतान्त्रीक शासन ब्यवस्थाको स्थापन भयो । २०६४ सालमा संबिधान सभाको निर्वाचन भयो ।२०६५ सालबाट २४० वर्ष लामो राजसंस्थाको बैधानिक ढंगले अन्त्य भयो र नेपालमा गणतन्त्रात्मक शासन ब्यवस्थाको स्थापना भई हाल सञ्चालनमा रहेको छ। तत्कालिन ने.क.पा माओवादी ठुलो पार्टी बन्यो र पुस्पकमल दहाल प्रचण्डकोे नेत्रृत्वमा सरकार बन्यो तर ९ महिनामा बिघटन भयो ।त्यसपछि ४ पटक सरकार फेरबदल भयो ।२०७० सालमा दोश्रो संबिधान सभाको लागि निर्वचन भयो नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्यो र २०७२ मा बिघटन भई तिन वटा सरकार बने । २०७४ सालमा निर्वाचन भयो र बामगठबन्धनले बहुमत प्राप्त गरी नेकपा अध्यक्ष खडग प्रसाद वलीको नेतृत्वमा सरकार गठन भई हाल सञ्चालनमा रहेको छ । २०४७ साल देखि २०७४ साल सम्मका २७ वषर्मा २५ पटक सरकार फेरबदल भयो र १३ जना प्रधानमन्त्री बनेका छन । । २००७ साल देखि २०७४ सम्मको ६७ वर्षमा ४६ पटक सरकार फेरबदल भएको र २६ जना प्रधानमन्त्री बनेका छन भने पटक पटक राजाले समेत हस्तक्षेप गरेका थिए ।यस अवधिमा हामीले निरन्तर लडाई, झगडा, र द्वन्दको ब्यवस्थापनमा सम्पूर्ण समय खर्च गरेका छौं ।

ईतिहास साक्षी छ २००७ साल देखि २०१५ साल सम्मा धेरै सरकार बने तर उक्त सरकारलाई बलियो बनाउन र टिकाउन प्रधानमन्त्री बाहेक कोहि लागेन ।एकले अर्काको खुट्टा तान्ने लडाउने र काखी बजाउनमा नै आनन्द लिए जुन कारणले सरकारको स्थायित्व भएन । जनचाहना अनुसार काम हुन सकेन ।राजनिति, ब्यक्तिको वरिपरि घुम्न थाल्यो, सरकार बनाउने र ढलाउने खेल सुरु भयो ।आपसी द्वन्दको मौका छोपेर राजा महेन्द्रले विश्वेश्वर प्रसाद कोईरालाको सरकार अपधस्त गर्दा समेत खुच्चीङ भनियो ।२०१७ साल देखि २०४६ साल सम्मको सक्रिय राजतन्त्रको यस अवधिमा पनि राजाले आफुलाई मन परेको ब्यक्तिलाई प्रधानमन्त्री बनाउने र चित्त नबुझे पछि हटाई दिने गर्नाले राजालाई रिझाउन सम्पूर्ण शक्ति खर्च गर्ने गरेको पाईन्छ ।

नेपाली काग्रेसका नेता तथा प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिं श्रेष्ठका वीचमा सहमती र एकता हुन नसक्दा २०४८ सालको निर्वाचनमा नेपाली काग्रेसले प्रप्त गरेको बहुमतको सरकार बिघटन भै २०५१ मा मध्याबधी निर्वाचन भयो ।२०५२ मा एमालेको अल्पमतको सरकारले गरेको मध्यावधी निर्वाचन रोकेर अस्थिरताको बिजारोपन गरियो । २०५६ मा निर्वचन पछि नेपाली काग्रेसका नेता गिरीजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र शेर बहादुर देउवाको वीचमा सहमती र एकता हुन नसक्दा तत्कालिन राजा ज्ञानेन्द्रले मौका छोपका थिए ।२०६४ को संबिधानसभाबाट प्रचण्डको नेत्रृत्वमा बनेको सरकार ढलेपछि बनेका सरकार मध्ये बाबुराम भट्टराई, माधब कुमार नेपाल र झलनाथ खनालको सरकार पर्टी भित्रको असहयोगले ढलेका थिए। एकले अर्को पार्टी मात्र होइन आफ्नै पार्टीको फरक ब्यक्तिलाई समेत स्वीकर्न नसक्दा खिलराज रेग्मीलाई सरकारको नेतृत्व समेत गर्न दिएको पाइन्छ

२०७० मा दोश्रो संबिधान सभाको निर्वचन पछि नेपाली काग्रेस, एमाले र माओवादीका वीचमा सहमती हुन नसकदा पटक पटक सरकारको बिघटन भएको थियो ।त्यसमा पनि तत्कालिन एमाले र माओवादीको वीचको विवाद शिखरमा पुगेको थियो ।आज पनि नियति दोहोरिएको छ ।नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पि शर्मा ओलीले नेतृत्व गरेको सरकारको बिरुद्द चौतर्फी घेराबन्दी शुरु भएको छ ।

अव हामी अरुलाई दोष दिएर उम्कने सिथतिमा छैनौ ।हिजो सम्म हामिले राजनैतिक अस्थिरताको मुल कारण कहिले राजसंस्था र कहिले बिदेशी तत्व भएको आरोप लगाउने गरेका थियौं त्यो छुट आज छैन २०६२÷२०६३ को जनआन्दोलन मार्फत जनताले राजसंस्था हटाई दिएका छन भने २०७२ सालको भारतीय नाकाबन्दीलाई नेपाली जनताले पटुका कसेर पराजित गरिदिए ।अव दोष कस्लाई दिने?सधैंजसो अरुतिर सोझिने औंला आज आफैंतिर सोझिएका छन ।त्यसैले आजको राजनैतिक अस्थिरताको मुल कारक तत्व हामीमा सदियौं वर्ष देखि मौलाउदै आएको संकृण प्रबृत्ति र संस्कार बिहिन राजनितिको निरन्तरता नै हो । जबसम्म हामी सच्चीन सक्दैनौ तवसम्म राजनैतिक स्थायित्व संभव छैन। त्यसैले जालझेल, षडयन्त्र र दाउपेचको राजनिति नगरौ इमान्दार बनौं बिकल्प सहितको बिरोध र सहभागिता सहितको सर्मथन गरौं ।संकटको समना सबै एक भएर गरौं ।

हामीले रोजेको ब्यवस्था संसारकै उत्कृष्ट ब्यवस्था हो ।आवधिक निर्वाचन मार्फत बहुमत प्राप्त गर्नेले सरकार बनाउने र अल्पमतले असल प्रतिपक्षको भुमिका खेली सरकारलाई रचनात्मक सहयोग गर्ने संस्कारको थालनि गर्न जरुरी छ ।यस ब्यवस्थाको सफलता राजनैतिक दलका नेता तथा कार्यकर्ताको जीवन शैली र असल संस्कारको अडमा अडिएको हुन्छ ।कुनै ब्यक्ति निरन्तर सत्तामा नरहन सकछ ।राजकिय सत्ता प्राप्त हुदा सबै थोक जितेको र नहुदा अकासै खसेको महशुस गर्ने लघुताभाषी चिन्तनले पार्टी जिवनलाई संकटमा पु¥याउछ ।राजनैतिक जीवनमा नेतृत्व फेरबदल स्वभाविक प्रक्रिया हो जवरजस्त वा अपमान जनक ढंगबाट नेतृत्व हटाउने वा हत्याउने प्रयास गरिन्छ भने पिडादायि हुन्छ । सत्ता सहमति, सहकार्य र एकताको खेल हो, अधिकार र दायित्वको न्यायोचित बाँडफाँड हो ।कुनै एक ब्यक्तिको प्रयासबाट मात्र सम्पूर्ण लक्ष्य प्रप्त हुन सक्दैन यो त सामुहिक निर्णय र ब्यक्तिगत जिम्बेवारीबाट मात्र संभव हुन्छ ।ब्यक्तिगत चाहना भन्दा पनि गरिव निमुखा जनता र शहिदले देखाएको बाटोमा ठेस नपुग्ने गरी हाम्रा गतिविधिहरु चल्नु पदर्छ । यो युगले दिएको जिम्बेवारी हो ।