सज्जनले गर्धन थापेपछि

  • १८ चैत्र २०७६, मंगलवार १२:२९

अकबर र बिरबलकाे कथा धरैले सुनेकाे हुनुपर्छ ।महाराज अन्नत प्रश्न गरेर मन्त्रीलाई हैरान बनाउथे ।मन्त्री पनि असाध्यै चलाख थिए ।प्रश्न भइमा झर्न नपाउदै उचित जबाफ दिनु उनकाे बाैद्विक चातुर्यता मानिन्थ्याे ।
एक दिनकाे कुरा हाे ।बिहानकाे खाना खाएर महाराज दरबारकाे चाेकमा अारम गरि बसेका थिए ।त्यतिकैमा एक जना सिपाहीलाई बाेलाएर सबै भारदार तथा मन्त्रीलाई चाेकमा बाेलाउने अादेश दिए ।एकै छिनमा सबै जम्मा भए ।
चाेकमा जम्मा भएका मन्त्री तथा भारदारहरुलाई नजिकैको बगैंचातर्फ लगे ।किन सबैलाई एकैसाथ बगैचामा लगियाे ?कसैलाई केही थाहा थिएन ।सबैजनालाइ लाईनमा बस्न भनियाे ।सबैजना लाइनमा बसे ।यतिकैमा बगैंचाकाे एउटा बाङगाे रुखलाई देखाउदै साेझाे छ भन्न लगाए ।यदि कसैले बाङ्गाे छ भनेमा यहि रुखमा झुण्डायर मार्ने समेत भने ।विचरा भरदारहरु महाराजकाे प्रश्न भुइमा झर्न नपाउदै पालैपालो रुख साेझाे छ भनी जबाफ दिन्थे ।भारदारहरुलाइ मूर्ख बनाउन सकेकाेमा महाराज पनि दङ्गदास थिए ।
अाखिर शासकन परे ।अरुलाई दुख दिएर,अनि अरुकाे हुर्मत लिएर अान्नद लिइ रहेका बादसाकाे रबाफ बढिरहेकाे सबैले अनुमान गरीरहेका थिए तर राजाकाे अगाडि बाबाकाे दुहाइ भनेझै कसैले बाङ्गाे रुखलाई बाङ्गाे भन्ने अाट गर्न सकेन।याे क्रम क्रमशः अघि बढदै गयाे ।बादशाहाकाे रबाफ झन झन चुलिदै थियाे ।
त्यतिकैमा मन्त्री बिरबलकाे पालाे अायाे ।बादशाहाले बाङ्गाे रुखलाइ देखाउदै साेझाे छ भन्न सुझाए तर मन्त्री बिरबलले त्यसाे गरेनन् ।उनले बादशाहतर्फ हेरदै भने महाराज हजुरकाे अांखाे फुटेकाे हाे कि मेराे गर्धन चिलाएकाे हाे मैलेत रुख बाङ्गै देखें भने ।महाराजकाे चुरीफुरी गर्ल्यम गुर्लुम ढल्याे । राताे पिराे हुँदै दरवार तिर लागे ।