सरकारको एक वर्ष समिक्षा र शुभकामना

  • २७ आश्विन २०७७, मंगलवार १५:०७

देशको जुनसुकै भुभागमा बसोबास गर्ने नागरिकले आप्नो भविष्यको सुनिष्चितता खोजेको छ ।छोराछोरीलाई गुणस्तरिय शिक्षा दिन सकियोस, योगयता र क्षमताको आधारमा रोजगारीको अवसर मिलोस, आफ्नै कमाईले बिहान बेलुका हातमुख जोर्न सकियोस, स्वास्थ्य सुविधा सर्बसुलभ होस, विहान बेलुका निर्धक्कसंग हिडडुल गर्न सकियोस अनि बुढेसकालमा सम्मानजाक जीवन जिउन सकियोस यो सबै नेपालिको साझा चाहाना हो । वर्तमान सरकारले पनि जनचाहना अनुसार नै सम्बृद्व नेपाल सुखि नेपाली बनाउने संकल्प गरेको छ ।

प्राकृतिक रुपमा नेपाल धनी देश हो । आज नेपाल बिश्वको सर्वोच्च शिखर सगरमाथा, निरञ्तर बगी रहने हजारौं नदी,ताल तलैया, झरना,मनोरम उपत्यका, भन्जयाङ अनि चौतारी, भगवान बुद्वको जनमस्थल, भृकुटी र सीताको माईतिघर अनि ऋषि महाऋषिहरुको तपोभुमीको रुपमा चिनिएको, विविधताले युक्त स्वतन्त्र,अबिभाज्य, सार्वभौमशत्ता सम्पन्नर लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा विश्वसामु परिचित छ । सम्बृदिको लागि अथाहा सम्भावना बोकेका प्राकृतिक सम्पदाहरु जल,जमिन,जंगल र खनिजको प्रयोग गरेर पर्यटन,जलबिधुत जडीबुटी र कृषि मार्फत देशको काचुली फेर्न सकिन्छ । तर दुर्भाग्य आज यो देश माग्नेको रुपमा चिनिएको छ अनि गरिब देशको सुचिमा सुचिकृत भएको छ ।

लक्ष्य जतिसुकै सुन्दर अनि देश प्राकृतिक तथा मानविय श्रोत साधनले भरिपूर्ण किन नहोस यदि राज्यले राज्यसंयन्त्रको चुस्तदुरुष्त व्यवस्थापन गरी राज्यको दैनिक शासन प्रशासन मार्फत जनताले सुख,शान्ति र सम्बृद्वि प्राप्त गर्न सकेनन् भने लक्ष्य पुरा हुन सक्दैन र देश दिन प्रतिदिन गरिव बन्दै जान्छ । हाम्रो देश गरिव हुनाको कारणहरु मध्ये भ्रष्टाचार एक हो । भ्रष्टाचारलाई कानूनी रुपमा दण्डनिय र सामाजिक रुपमा निन्दनिय अपराधको रुपमा लिइएको छ । तर आज सम्म आइपुग्दा भ्रष्टाचार हाम्रो जीवन पद्दती र सस्कृति नै बनिसकेको छ । हामीहरुले जानी नजानी हाम्रो परिवार र समाजलाई भ्रष्ट र राष्ट्रलाई खोक्रो बनाई सकेका छौं ।सामान्यतया कानून अनुसार गर्नु भनेको काम नगर्न र गर्नु हुदैन भनेको काम गर्ने गराउने र त्यस कार्यबाट आय आर्जन गरी गराई धनी बन्ने आचरण नै भ्रष्टाचार हो । आज हामी असल बन्नु भन्दा पनि तथाकथित ठुलो हुने होडमा अभ्यस्त भएका छौं । उद्योग, व्यबसाय र जागिर बिनाको आम्दानी खोज्ने,काम नगरी खानु पर्ने, महंगा गर गहना तथा पोषाकमा सजिनु पर्ने, फजुल हर्च गर्ने, बिलासी गिलासी जिवनशैली अपनाउने, महत्वकाक्षी योजना बनाउने जस्ता कार्यले परिवार र समाजमा जसरी पनि धनी हुनु पर्ने दवाव बढेको देखिन्छ । यसका लागि जागिर खान,मनग्यै आम्दानी हुने ठाउमा नियुक्ति लिन देखि लिएर चुनावमा टिकट लिन, चुनाव जित्न,मन्त्री हुन समेत लेनदेन गर्नु पर्ने बाध्यता बनेको छ ।

संसारका जुन जुन मुलुकले बिकास गरेका छन ति मुलुकमा भ्रष्टाचार कम हुने गरेको कुरा तथ्यहरुले प्रमाणित गरेका छन् । आजभोलि हाम्रो समाजमा भ्रष्टाचार मौलाएको समाचार सार्वजनिक भइरहेका छन । भ्रष्टाचारमा राज्यको उपल्लो ओहदामा रहेका मानिसहरु र तिनिहरुका आफन्तहरु संलग्न भएको देखिन्छ । पृथ्विनारायण शाहको दिब्योपदेशमा घुस लिन्या र दिन्या दुबै राज्यका मुल शत्रु हुन यिनीहरुलाई मा¥याको पनि कुनै पाप लाग्दैन भन्नुले भ्रष्टाचारको जग पुरानो रहेको र आज हुर्की बढि बयस्क भएको देखिन्छ ।आज भ्रष्टहरु गन्य मान्य भएका छन । उनीहरुको सामाजिक रबाफ बढेको र पद प्रतिष्ठाहरु प्राप्त गरेका छन ।
जबसम्म भ्रष्टाचारको अन्त्य हुदैन तबसम्म सम्बृद्वि सम्भब छैन ।अब यो भ्रष्ट संस्कृतिको बिरुद्व हामी एक हुन पर्ने बेला आएको छ ।कुनै अमुक व्यक्ति, वा समुहलाई दोष दिएर उम्कन सकिदैन ।समुन्द्रको छाल गन्दा पनी असुल गर्ने संस्कारमा हुर्किएको हाम्रो प्रशासनिक संयन्त्र र तिनिहरुको भरणपोषणमा निर्लिप्त समुहहरुबाट समाजलाई सुरक्षित राख्न जरुरी भै सकेको छ ।भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ग र दल वा समुह हुदैन ।आज बिभिन्न सञ्चार माध्यममा भ्रष्टाचारका समाचारहरु छताछुल्ल भएका र ति घटनाहरु वर्तमान सरकारको संरक्षणमा भएको जस्तो प्रचारबाजी गरिदै छ भने सरकारी तर्फबाट त्यस खालका प्रायोजित समाचारको सत्यतथ्य छानविन गरी तत्काल सार्वजनिक गर्ने चलनको थिति बसालेको समेत पाईदैन ।

वर्तमान सरकारबाट नेपाली जनताले ठुलो अपेक्षा गरेका छन । अरुलाई दोषि देखाएर उन्मुक्ति लिने छुट यो सरकारलाई किमार्थ छैन । प्रत्येक नागरिक वा समुहले पनि सरकारको बिरुद्व आलोचना गरेर मात्र हुदैन आफु, आफ्नो परिवार र समुहलाई सच्याउन जरुरी छ। सरकारले पनि भ्रष्टाचारको बिरुद्व शुन्य सहिष्णुता काएम गर्न सकेमा मात्र नेपाल सम्बृद्व हुनेछ र नेपालीले सुखको सास फेर्न पाउने छन् यस कार्यको निम्ति सरकारलाई सफलता मिलोस वर्ष गाँठको अवसरमा शुभकामना ।