सरकार बिधिमा चल्नु पर्छ

  • २७ आश्विन २०७७, मंगलवार १४:३३

ब्यङग्य कबिता
सरकार, बिधि र पद्धतीमा चल्नु पर्छ ।
सरकारले मैले भनेको मान्नु पर्छ
मलाई सोधेर मात्र बोल्नु पर्छ
अनि बिधि मैले बनाएको हुनु पर्छ
किनकी सरकार बिधिमा चल्नु पर्छ ।

सरकार मेरो चालमा चलेको हुनु पर्छ
अगाडि बढे, ठिगुंरा कस्नु पर्छ
पछाडी हटे धकेली दिनु पर्छ
किनकी सरकार बिधिमा चल्नु पर्छ ।
हो कमरेड सरकार पद्धतिमा चल्नु पर्छ ।

प्रधानमन्त्रीलाई परालको लौरो, बनाउनु पर्छ
कुनै निणर्य लिन नसक्ने निकम्बा, बनाउनु पर्छ ।
माथि देखि तलै सम्म बिरोध गर्नु पर्छ
काम भए किन गरिस भन्ने गर्नु पर्छ
काम नभए ढिला सुस्ती भयो भन्नु पर्छ
किनकी सरकार त बिधिमा चल्नु पर्छ ।

सरकार विरुद्ध ,
हस्ताक्षर संकलन गर्नु पर्छ,
नेतृत्वलाई जहाँको तहि कुंजाे बनाएर राख्नु पर्छ
सरकार भन्दा माथि संयन्त्र बनाउनु पर्छ ।
पार्टीलाई थाहा नै नदिई गुट भेला गर्नु पर्छ
किनकी सरकार मैले बनाएको बिधिमा चल्नु पर्छ

माने ठिकै छ, कमरेड
पछाडी हटे खिल्ली उडाउनु पर्छ
प्रधानमन्त्री भन्दा मन्त्री शक्तिशाली बनाउनु पर्छ
भनेको नमान्ने मानक बनाउनु पर्छ ।
सरकारको बिरोध गर्न बिपक्षीलाई उक्साउनु पर्छ
भात भान्छा घरमा गरि सुत्न उतै जानू पर्छ ,
किनकी सरकार मेरो बिधिमा चल्नु पर्छ ।


प्रधानमन्त्रीलाई कामै, नलाग्ने बनाउनु पर्छ
हातखुट्टा बाँधि चल्नै नसक्ने बनाउनु पर्छ
गोयबल्स शैलिको प्रचार गरी,
अयोग्यको पगरी गुथाउनु पर्छ
त्यस पछि मात्र मेरो पालो आउछ
हो कमरेड,
त्यसैले,सरकार मेरो विधि र पद्धतिमा चल्नु पर्छ